काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न प्रदेशका प्रमुख तथा सहायक राजमार्गमा पहिरो र बाढीले क्षति पुर्याउँदा यातायात सेवा प्रभावित भएको छ । केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा सवारीसाधन एकतर्फी सञ्चालन भइरहेका छन् ।
प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो खस्नुका साथै बाढीले सडक अवरुद्ध बनाएको छ ।
कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा सवारीसाधन एकतर्फी सञ्चालन भइरहेको छ । यस्तै इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै सञ्चालन हुने बिपी राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ (ललितपुर–हेटौँडा सडक) असार २७ गतेदेखि बन्द छ भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग असार २९ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।
गण्डकी प्रदेशमा कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा–ताङतिङ सडक खण्ड असार २७ गते खसेको पहिरोपछि बन्द रहेको छ ।
यस्तै लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पनि पहिरोले सडक यातायात प्रभावित भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझन्डी–ढोरपाटन सडक असार २८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छन् ।
त्यसैगरी गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग असार २९ गतेदेखि पूर्ण रूपमा बन्द छ । पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्गमा भने सवारीसाधन एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।
सुरक्षा निकायले वर्षा जारी रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ‘मिसेस पूर्वेली आइकन–३’को डिजिटल अडिसनमा ५० जना, सकियो फिजिकल अडिसन
- सहारा हेल्थ इन्सुरेन्सको सहकार्यमा इसेवाको स्वास्थ्य बीमा बिस्तार हुँदै
- मिडिया हाउसलाई आतंकित पार्ने काम बन्द गर्न मिडिया सोसाइटीको माग
- सञ्चारगृहमा अवरोध र त्रास सिर्जना गर्ने गतिविधिको छानबिन गर्न प्रेस सेन्टर नेपालको माग
- आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न
- नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्बहाली
- नबिल बैंकको ४२औँ वार्षिकोत्सवः यस्तो छ अबको प्रतिबद्धता
- ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोलले मारे बाजी

ट्रेन्डिङ
खबरमुकाम






