काठमाडौं । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंस्थित आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । कलेजको दीक्षान्त समारोह नविल बैंकका पूर्व कार्यकारी अधिकृत अनिल केशरी शाहको प्रमुख आतिथ्यतामा एक समारोहको आयोजना गरी सम्पन्न गरिएको हो ।
काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित उक्त कार्यक्रममा सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि र अभिभावकहरुको उपस्थिति रहेको थियो । समारोहमा बिबिए, बिएचएम, बिएससी र एमबिए उतीर्ण ४१५ जना विद्यार्थीहरु दिक्षीत भएका छन् ।
उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई सन्डरल्याण्ड विश्वविद्यालयको तर्फबाट विशेष अवार्डसमेत प्रदान गरिएको थियो भने आइएसएमटी समूह अन्तर्गतका क्याम्पसहरुमा स्नातकोत्तर तहमा सत प्रतिशत छात्रवृत्ति समेत प्रदान गरेको छ । आइएसएमटी समूहले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि सन्डरल्याण्ड विश्वविद्यालयकै सम्बन्धनमा कले सञ्चालन गरी बिबिए, बिएचएम, बिएससी, आइटी, साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक, एमबिए र एमएससी कम्प्युटिङ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ‘मिसेस पूर्वेली आइकन–३’को डिजिटल अडिसनमा ५० जना, सकियो फिजिकल अडिसन
- सहारा हेल्थ इन्सुरेन्सको सहकार्यमा इसेवाको स्वास्थ्य बीमा बिस्तार हुँदै
- मिडिया हाउसलाई आतंकित पार्ने काम बन्द गर्न मिडिया सोसाइटीको माग
- सञ्चारगृहमा अवरोध र त्रास सिर्जना गर्ने गतिविधिको छानबिन गर्न प्रेस सेन्टर नेपालको माग
- आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न
- नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्बहाली
- नबिल बैंकको ४२औँ वार्षिकोत्सवः यस्तो छ अबको प्रतिबद्धता
- ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोलले मारे बाजी

ट्रेन्डिङ
खबरमुकाम






