काठमाडौं । नेपाल आयल निगमले आजदेखि देशभर १४.२ केजी तौल भएको पूर्ण ग्यास सिलिण्डर बिक्री–वितरण सुरु गरेको छ । निगमले मंगलबार विज्ञप्ति जारी गर्दै पुरानै तौलका भरी सिलिण्डर पुनः बजारमा पठाउने निर्णय भएको जनाएको हो ।
निगमका अनुसार पछिल्लो समय ग्यास आपूर्तिमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्या क्रमशः समाधान हुँदै गएका छन् । साथै, भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ प्लान्ट र रिफाइनरीबाट हुने ग्यास लोडिङमा समेत उल्लेखनीय सुधार आएको छ ।
उपभोक्ताबाट १४.२ केजीकै पूर्ण तौलको ग्यास सिलिण्डरको माग उच्च रहेकाले आधा तौलको सट्टा पुरानै मापदण्डअनुसारका सिलिण्डर देशभरका डिपो र आधिकारिक विक्रेतामार्फत उपलब्ध गराउने निर्णय गरिएको निगमले जनाएको छ ।
नयाँ व्यवस्था बुधबारदेखि नै देशभर लागू भएको निगमको भनाइ छ ।
निगमले पूर्ण तौलको एलपी ग्यास सिलिण्डरको उपभोक्ता मूल्य प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँ कायम रहने स्पष्ट पारेको छ ।
निगमका अनुसार यो व्यवस्थाले बजारमा ग्यास आपूर्ति सहज बनाउन र विशेषगरी बढी माग हुने समयमा उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





