काठमाडौं । नेपाल आयल निगमले आजदेखि देशभर १४.२ केजी तौल भएको पूर्ण ग्यास सिलिण्डर बिक्री–वितरण सुरु गरेको छ । निगमले मंगलबार विज्ञप्ति जारी गर्दै पुरानै तौलका भरी सिलिण्डर पुनः बजारमा पठाउने निर्णय भएको जनाएको हो ।
निगमका अनुसार पछिल्लो समय ग्यास आपूर्तिमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्या क्रमशः समाधान हुँदै गएका छन् । साथै, भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ प्लान्ट र रिफाइनरीबाट हुने ग्यास लोडिङमा समेत उल्लेखनीय सुधार आएको छ ।
उपभोक्ताबाट १४.२ केजीकै पूर्ण तौलको ग्यास सिलिण्डरको माग उच्च रहेकाले आधा तौलको सट्टा पुरानै मापदण्डअनुसारका सिलिण्डर देशभरका डिपो र आधिकारिक विक्रेतामार्फत उपलब्ध गराउने निर्णय गरिएको निगमले जनाएको छ ।
नयाँ व्यवस्था बुधबारदेखि नै देशभर लागू भएको निगमको भनाइ छ ।
निगमले पूर्ण तौलको एलपी ग्यास सिलिण्डरको उपभोक्ता मूल्य प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँ कायम रहने स्पष्ट पारेको छ ।
निगमका अनुसार यो व्यवस्थाले बजारमा ग्यास आपूर्ति सहज बनाउन र विशेषगरी बढी माग हुने समयमा उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश अस्पताल बीच सम्झौता
- अबदेखि भरी सिलिण्डर ग्यास पाइने, मूल्य कति ?
- सिंहदरबारको गेटमै अनेरास्ववियुको प्रदर्शन, अध्यक्षसहित ७ जना पक्राउ
- सरकारको कार्यशैलीमाथि रास्वपा सांसदकै आपत्ति, सञ्चारगृहअघि गाडी तेर्स्याउने घटनाको छानबिन माग
- कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीको सामूहिक राजीनामा
- नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?
- इरानमाथिको सैन्य कारबाही जारी रहने ट्रम्पको चेतावनी, ऊर्जा पूर्वाधार पनि निशानामा पर्न सक्ने
- फ्रान्सलाई २–० ले हराउँदै स्पेन विश्वकप २०२६ को फाइनलमा

ट्रेन्डिङ
खबरमुकाम







