रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५० लाख सहयोग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु। ५० लाख नगद सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा, प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले  संस्थाका अध्यक्ष भगवान कोइरालालाई एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरेका हुन् ।

बालबालिकाको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय, सहज र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित यो स्वास्थ्य संस्था हाल नेपालमा आधुनिक बहु(विशेषज्ञ बाल अस्पताल निर्माणको प्रक्रियामा रहेको छ । यस संस्थाले बाल हृदय रोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक क्षेत्रमा विशेष ध्यान केन्द्रित गरेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले यस सहयोगमार्फत बाल स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, आवश्यक पूर्वाधार विकासमा टेवा पुर्‍याउन तथा भविष्यमा हजारौं बालबालिका र परिवारलाई लाभान्वित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

कम्पनीले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसै क्रममा गरिएको उक्त सहयोगले संस्थाको सामाजिक प्रतिबद्धता, विश्वास र जिम्मेवारीप्रतिको समर्पणलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

साथै, कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय क्षेत्रमा थप सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै