काठमाडौं । काठमाडौंको बौद्धमा एक महिलाले आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएकी छन् । घटनामा उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।
काभ्रेको तेमाल स्थायी घर भई बौद्धमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार साँझ पौने ४ बजे बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनालगत्तै गुरुङलाई गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रेफर गरिएको छ ।
विवाहित गुरुङले बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएकी थिइन् । उनले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





