काठमाडौं । संघीय सरकारले जिल्ला समन्वय समिति तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई विपद्को समयमा अनिवार्य रूपमा कार्यालयमा उपस्थित भएर जिम्मेवारी निर्वाह गर्न परिपत्र गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अविरल वर्षा, बाढी, पहिरोलगायत विपद्जन्य घटनाको जोखिम बढिरहेका बेला जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।
मन्त्रालयले विपद्का समयमा व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा नियमित सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीको सक्रिय उपस्थिति आवश्यक रहेको जनाएको छ ।
परिपत्रमार्फत कर्मचारीलाई विपद्को संवेदनशील अवधिभर बिदामा नबस्न र बिदामा रहेकालाई समेत बिदा छोट्याएर तत्काल कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
परिपत्रका चार मुख्य बुँदा
१. कार्यालय नछाड्न निर्देशन
विपद्को संवेदनशील अवधिभर कार्यालय नछाडी नियमित रूपमा उपस्थित रहन तथा आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन भनिएको छ ।
२. बिदामा रहेकालाई तत्काल फर्किन आग्रह
हाल कुनै प्रकारको बिदामा रहेका कर्मचारीले बिदा छोट्याएर यथाशीघ्र सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी सम्हाल्नुपर्नेछ ।
३. सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्नुपर्ने
विपद्सम्बन्धी सूचना संकलन, उद्धार तथा राहत कार्य, क्षतिको विवरण र अन्य आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा प्रदेश र संघीय निकायसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको छ ।
४. पूर्वस्वीकृति लिएर मात्रै कार्यालय छाड्नुपर्ने
विशेष परिस्थितिमा कार्यालय छाड्नुपर्ने अवस्था आए सम्बन्धित निकायको पूर्वस्वीकृति लिनुपर्नेछ । साथै, आफ्नो जिम्मेवारीको उचित व्यवस्था गरेपछि मात्रै कार्यालय छाड्न परिपत्रमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





