काठमाडौं । काठमाडौं जिल्ला अदालतले १७ लाख ९५ हजार रुपैयाँको चेक अनादर सम्बन्धी मुद्दामा प्रतिवादी मुना केसी विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको हो ।
अदालतका अनुसार चेक अनादर मुद्दामा मुना केसीबाट १७ लाख ९५ हजार रुपैयाँ बिगो तथा चेकमा उल्लेखित मितिदेखि भुक्तानी नहुँदासम्म वार्षिक १० प्रतिशत ब्याज समेत असुलउपर गर्ने फैसला यसअघि नै भइसकेको थियो । उक्त फैसला उच्च अदालत पाटनबाट समेत सदर भइसकेपछि प्रतिवादीलाई रकम बुझाउने अवसर प्रदान गरिएको थियो ।
तर अदालतले दिएको समयसीमाभित्र प्रतिवादीले न बिगो रकम बुझाइन्, न त फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित भइन् । त्यसपछि वादी पक्षको निवेदनका आधारमा अदालतले फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम दुई वर्ष कैदको फैसला कार्यान्वयन गर्ने आदेश जारी गरेको हो ।
अदालतको आदेशमा कैद अवधि पूरा भएपछि कानुनबमोजिम बुझाउनुपर्ने बिगो रकम धरौटीमा राखेपछि मात्र प्रतिवादीलाई रिहा गर्न सकिने उल्लेख गरिएको छ ।
अदालतको पत्रमा मुना केसीको स्थायी ठेगाना चितवनको रत्ननगर नगरपालिका–२ तथा हालको बसोबास काठमाडौं महानगरपालिका–२६, सामाखुसी रहेको उल्लेख छ ।
काठमाडौं जिल्ला अदालतका फैसला कार्यान्वयन अधिकृतले जिल्ला प्रहरी परिसर, काठमाडौंलाई प्रतिवादीलाई पक्राउ गरी आवश्यक सुरक्षासहित अदालतमा उपस्थित गराउन अनुरोध गर्दै पक्राउ पुर्जी जारी गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






