काठमाडौँ । काठमाडौँ र धादिङ जोड्ने नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार उद्घाटन भई सञ्चालनमा आउने भएको छ । करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको सुरुङमार्ग २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको यो सुरुङमार्ग अब भने औपचारिक रुपमा सञ्चालनमा आउन लागेको हो ।
कोभिड–१९ महामारी, मुआब्जा विवादलगायत कारण निर्माणमा ढिलाइ भएको थियो । मुख्य सुरुङ २.६८ किलोमिटर र आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ । आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।
सुरुङ सञ्चालनमा आए पनि पहिलो चरणमा आपतकालीन प्रयोजनका सवारीलाई मात्र प्रवेश दिइनेछ । त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारी सञ्चालन गरिनेछ । पैदलयात्री, दुईपाङ्ग्रे सवारी तथा पेट्रोल, डिजेललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने प्रवेश निषेध गरिएको छ ।
सुरुङ प्रयोग गरेबापत शुल्कसमेत लाग्नेछ । कार–भ्यानले काठमाडौँ भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ, मिनीबस तथा टिपरले क्रमशः ११५ र ८० रुपैयाँ, बस तथा ट्रकले २६० र २०० रुपैयाँ तथा हेभी ट्रकले ६०० र २५० रुपैयाँ तिर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






