काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनावपूर्ण अवस्थाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसहितको टोलीले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरेको छ ।
रास्वपा सचेतक प्रकाशचन्द्र परियारको नेतृत्वमा गएको टोलीले देवानगञ्ज घटनाबाट उत्पन्न जटिलताका कारण हुन सक्ने सम्भावित दुर्घटना रोक्न तत्काल आवश्यक कदम चाल्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
टोलीले घटनाको पृष्ठभूमि, स्थानीय अवस्था तथा सरकारले अब चाल्नुपर्ने कदमबारे आवश्यक सुझाव र स्थानीयस्तरबाट प्राप्त जानकारीसमेत गृहमन्त्रीसमक्ष प्रस्तुत गरेको रास्वपा नेता तथा पत्रकार वीरेन्द्र केएमले जानकारी दिए ।
भेटका क्रममा गृहमन्त्री गुरुङले देवानगञ्ज घटनाबारे आफू जानकार रहेको र आगामी दिनमा हिन्दु–मुस्लिम समुदायबीच पुनः कुनै अप्रिय घटना हुन नदिन मन्त्रालयले अनुसन्धान अघि बढाइरहेको बताएको उनले दाबी गरे ।
गृहमन्त्रीले घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन गर्ने तथा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरी आवश्यक विशेष निर्णय सार्वजनिक गर्ने तयारी भइरहेको समेत जानकारी दिएको बताइएको छ ।
यसअघि सुनसरीका बासिन्दासमेत रहेका रास्वपा सचेतक परियारले देवानगञ्ज घटनाबारे धारणा सार्वजनिक गर्दै सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






