काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका हुन् ।
चिकित्सकहरूको आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक सेवासमेत प्रभावित भएको छ । चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको राजीनामासहित चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन् ।
यसैबीच, चिकित्सकहरूको आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएका छन् । ओपीडी सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरू प्रभावित भएका छन् ।
नेपाल चिकित्सक सङ्घले नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको दुर्व्यवहारको विरोधमा मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको थियो ।
सङ्घले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






