काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल आयल निगमले विशेष बिक्रीको व्यवस्था गरेपछि तोकिएका स्थानहरूमा उपभोक्ताको ठूलो भिड लागेको छ ।
निगमको टेकु परिसरलगायत विभिन्न स्थानमा बिहानैदेखि ग्यास लिन पुगेका उपभोक्ताको लामो लाइन देखिएको छ । नियमित विक्रेताबाट ग्यास पाउन नसकेका तथा अतिआवश्यक परेका उपभोक्तालाई लक्षित गरी निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा ग्यास उद्योगीमार्फत उपत्यकाका सात स्थानबाट ग्यास बिक्री–वितरणको व्यवस्था गरिएको हो ।
निगमका अनुसार आज आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका स्थानबाट ग्यास खरिद गर्न सकिनेछ ।
ग्यास खरिदका लागि उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





