काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो शो २०२६’ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । आयोजक संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उपत्यकामा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीबारे जानकारी दिएको हो ।
नाडाले आफ्नो ५०औँ वार्षिकोत्सवको अवसरमा अटो शोको १८औँ संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा आयोजना गर्न लागेको जानकारी दिएको छ ।
६ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नयाँ सवारीसाधन, विद्युतीय तथा अन्य प्रविधि, पार्टपुर्जा र अटोमोबाइलसम्बन्धी विभिन्न सेवा प्रदर्शन गरिनेछ ।
करिब ३ लाख वर्गफिट क्षेत्रफलमा २०० भन्दा बढी स्टल रहने प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन रहने नाडाले जनाएको छ ।
त्यस्तै, १० वटा बैंक, वित्तीय संस्था तथा बीमा सेवा प्रदायक र ७० वटा अटोमोटिभ पार्टपुर्जा तथा सेवासम्बन्धी कम्पनीको सहभागिता रहनेछ । टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, एसेसरिज तथा ग्यारेज उपकरणलगायत सामग्री पनि प्रदर्शनीमा राखिनेछन् ।
भविष्यको मोबिलिटी प्रविधिबारे जानकारी तथा अनुभव प्रदान गर्ने उद्देश्यले जी–१ ह्युमनोइड रोबोट र जीओ २ क्वाड्रुपेड रोबोट समेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
नाडाले ६ दिनमा करिब २ लाख दर्शकले अटो शो अवलोकन गर्ने अपेक्षा गरेको छ । प्रदर्शनीको टिकट खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिनेछ भने निश्चित अवधिमा अग्रिम टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ ।
अवलोकनकर्ताको सहजताका लागि ट्राफिक सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया तथा पार्किङको व्यवस्था गरिनेछ । पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसर प्रयोग गर्न सकिने नाडाले जनाएको छ ।
प्रदर्शनीस्थलमा आपत्कालीन स्वास्थ्य टोली, सीसीटीभी निगरानी, आगलागी नियन्त्रण तथा अन्य सुरक्षा व्यवस्था मिलाइनेछ। साथै, प्रदर्शनीलाई ह्विलचेयरमैत्री बनाइने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- मन्त्रिपरिषद्को बैठक सम्पन्न, यस्ता छन् निर्णय
- नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो फुटसल प्रतियोगिता आयोजना हुने
- राठी ट्रेडिङ कम्पनीद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालन
- रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल
- राप्रपाको केन्द्र र प्रदेश समितिबीच द्वन्द, बागमती सरकार नबन्दै धरापमा
- सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
- रास्वपाका मन्त्री र सांसदलाई संयमित हुन सभापति लामिछानेको निर्देशन



ट्रेन्डिङ
खबरमुकाम






