काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश भूभागमा आज मौसम बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना छ ।
आज राति पनि हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा सामान्यतया बदली तथा अन्य तराई भूभागमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले वर्षाका कारण हुनसक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपालमै अन्तर्राष्ट्रिय स्तरको ‘पर्मानेन्ट मेकअप एकेडेमी’ स्थापना गर्ने रोजी श्रेष्ठको लक्ष्य
- राप्रपा प्रदेश संसदीय दलका नेता थापाको पद गयो, पार्टी सदस्यता पनि निलम्बन
- टप दरबार रोधीमा शुक्रबारदेखि आइतबारसम्म ‘लोकदोहोरी मेला’ लाग्ने
- मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्वको अवसरमा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक
- एनएमबि बैंकमा अनलाइनबाटै कर्जा आवेदन दिन र स्थिति हेर्न सकिने
- नामी भिगो ई२ रु. ३५.९९ लाखमा सार्वजनिक: सर्वाधिक स्पेस, सर्वाधिक फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल एसयूभी
- गरिमा विकास बैंकको केन्द्रीय कार्यालय नवनिर्मित भवनमा स्थानान्तरण
- प्रधानमन्त्री शाहको निर्देशन, सरकारी निकायमा स्वदेशी उत्पादन प्रयोग गर्नु



ट्रेन्डिङ
तुलसी बाँस्कोटा






