काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ भएको जनाएको छ । कम्पनीका अनुसार बुकिङ भएकामध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सन रहेका छन् ।
कम्पनीले करिब तीन साताअघि मात्रै सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सनको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो । नाइमा मोबिलिटी एक्सपोका क्रममा यसमा २ लाख रुपैयाँ छुट दिइएको थियो । त्यस्तै, १ करोड २८ लाख रुपैयाँ मूल्य रहेको प्रिमियम भर्सनमा ५ लाख रुपैयाँ छुटको व्यवस्था गरिएको थियो ।
एक्सपो अवधिका लागि मात्रै घोषणा गरिएको छुट ग्राहकको आग्रहपछि भदौ १५ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कम्पनीले जनाएको छ । छुट सुविधामा म्याक्सस ई–टेरेन बुकिङ गर्न इच्छुक ग्राहकले हात्तीसारस्थित म्याक्ससको सोरुममा सम्पर्क गर्न सक्नेछन् ।
‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारासहित बिक्री भइरहेको म्याक्सस ई–टेरेन छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । विशेषगरी युवा पुस्ता, कच्ची सडकमा यात्रा गर्ने तथा क्याम्पिङमा रुचि राख्ने ग्राहकले यो पिकअप रुचाएको बताइएको छ ।
आक्रामक डिजाइन, सुविधासम्पन्न कारमा पाइने विभिन्न फिचर, उच्च ग्राउन्ड क्लियरेन्स तथा निजी र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले यसको माग बढेको कम्पनीले जनाएको छ । निर्माण तथा जलविद्युत् क्षेत्रका लागि समेत यो विद्युतीय पिकअप उपयोगी र किफायती हुने कम्पनीको भनाइ छ ।
चीनको क्ब्क्ष्ऋ अन्तर्गतको म्याक्सस कम्पनीले उत्पादन गर्ने यो पिकअपमा ग्राहकको विश्वास बढ्दै गएको र बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स तथा सर्भिस सुविधालाई सहज बनाउनेतर्फ पनि कम्पनीले प्राथमिकता दिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपालमै अन्तर्राष्ट्रिय स्तरको ‘पर्मानेन्ट मेकअप एकेडेमी’ स्थापना गर्ने रोजी श्रेष्ठको लक्ष्य
- राप्रपा प्रदेश संसदीय दलका नेता थापाको पद गयो, पार्टी सदस्यता पनि निलम्बन
- टप दरबार रोधीमा शुक्रबारदेखि आइतबारसम्म ‘लोकदोहोरी मेला’ लाग्ने
- मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्वको अवसरमा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक
- एनएमबि बैंकमा अनलाइनबाटै कर्जा आवेदन दिन र स्थिति हेर्न सकिने
- नामी भिगो ई२ रु. ३५.९९ लाखमा सार्वजनिक: सर्वाधिक स्पेस, सर्वाधिक फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल एसयूभी
- गरिमा विकास बैंकको केन्द्रीय कार्यालय नवनिर्मित भवनमा स्थानान्तरण
- प्रधानमन्त्री शाहको निर्देशन, सरकारी निकायमा स्वदेशी उत्पादन प्रयोग गर्नु



ट्रेन्डिङ
तुलसी बाँस्कोटा






