काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।
आइतबार १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो सँगै नेपाली बजारमा सुनको भाउ इतिहासकै महङ्गो बनेको छ । यसअघी गत कार्तिक १२ गते १ लाख १७ हजारमा कारोबार भएको थियो सो मूल्य हालसम्मकै उच्च थियो ।
आज तेजावी सुन १ लाख १६ हजार ८५० रूपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । हिजो १४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





