काठमाडौँ । ताप्लेजुङमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका जिल्ला सहसंयोजक विवेक बानियामाथि खुकुरी प्रहार भएको छ ।
सोमबार बिहान सवा १० बजे फुङलिङ नगरपालिका ४ पाथीभरा होटल नजिकै विवेक बानियामाथि खुकुरी प्रहार भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी ऋषिराम कंडेलले जानकारी दिए ।
बानियामाथि सोही होटल नजिक बस्ने ३२ वर्षीय प्रेमराज लिम्बूले खुकुरी प्रहार गरेको एसपी कंडेलले बताए ।
उनका अनुसार लिम्बु र बानियाबीच पुरानो लेनदेनको विषयमा झगडा भएको थियो । त्यसैबीच लिम्बूले खुकुरी प्रहार गरी बानियालाई घाइते बनाएका हुन् ।
बानियाको दाहिने घुँडामा चोट लागेको छ। उनको उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगिएको छ। प्रहरीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन्।
प्रेमराज लिम्बू घटनापछि फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले यसमा संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन् ।
उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै उपचारको व्यवस्था मिलाउन पनि माग गरेका हुन् ।
‘आज बिहान ताप्लेजुङ बजारमा अनेरास्ववियुका जिल्ला सह संयोजक कमरेड विवेक बानियामाथि भएको सांघातिक आक्रमणको घोर निन्दा गर्दछु । अपराधीलाई तत्काल कारबाही गर्न र घाइते बानियाको उपचारको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






