काठमाडौँ । ग्राहकहरु माझ लोकप्रिय इभी नेटा भी, ११ सिटर सिजि केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि नेपालका तीन नयाँ स्थानहरुमा नयाँ शोरुम खोलेको छ ।
तीन स्थानहरु बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढीमा ब्रम्हा मोटर्सले डिलरशिप पाएर शोरुम सन्चालनमा लिएर आएका हुन । शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि छिटै नै सन्चालनमा आउने कुरा कम्पनीद्वारा जारी बिज्ञप्तिमा जनाएको छ ।
सिजी मोटर्सले बिक्री गर्ने नेटा भी हाल इभी पारखीहरुमाझ लोकप्रिय रहेको छ । मुख्यतया यसको मूल्य तथा यसले दिने सुविधाहरु तथा ३८० किमिको रेन्जले गर्दा नेटा भी ग्राहकहरुको पहिलो रोजाइको रुपमा स्थापित भएको छ । १७० मिमीको ग्रोउन्ड किलिरेनस भएको नेटा भिमा ८ वर्ष अथवा १५०००० हजार किमीको वारेण्टी रहेको छ ।
साथै नेपालको सर्वाधिक बिक्री हुने इेभी भ्यान सिजी केवाइसी तथा किङ्लोङ सहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखरा मा आफ्नो शोरुम खोलेर बिक्री बितरण गर्दै आइरहेको छ ।
कम्पनीले चाँडैनै बिराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुर मा बिस्तारित नयाँ शोरुम सहित सर्भिसको सुबिधा उपलब्द गराउने जानकारी दिएको छ । हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्द गराउने उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






