काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसंग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको इन्टरनेशनल कोअपरेशन अर्गनाईजेनस फर स्मल एण्ड मिडियम इन्टरप्राईजेज इन एसिया आईकोसासंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित भेटवार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी एवं व्यापारिक साझेदारीका लागि प्रस्ताव गरेका हुन् ।
नेपालमा जलविद्युत, पर्यटन, औद्योगिक एवं इलेक्ट्रिक क्षेत्रमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह गरे । आइकोसाकाका अध्यक्ष डा. कुरोसे नावुहिरो सहितको प्रतिनिधीमण्डलसंग अध्यक्ष मल्लले भने, ‘नेपाल र जापानबीच आर्थिक र कुटनीतिक तवरले उच्चस्तरीय सम्बन्ध छ । लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य समेत हो । जलविद्युत, पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानीका लागि म आग्रह गर्दछु । प्रतिफल सुनिश्चितताका लागि चेम्बर अफ कमर्सका तर्फबाट पहल समेतगर्नेछौं, ।’
नेपालमा अन्तराष्ट्रिय लगानीका लागि लगानी बोर्ड मार्फत कानूनी सुनिश्चितता भईरहेको अध्यक्ष मल्लले जानकारी समेत गराए ।
नेपालमा लगानीको सुनिश्चिततासंगै श्रमशक्ती पनि सस्तो भएको र यहाँ लगानी गरेर उत्पादन गर्न सकिए छिमेकी भारत र चीनमा बजार विस्तार गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । अध्यक्ष मल्लले जापानी प्रविधी भित्र्याएर उद्योग स्थापनाका लागि साझेदारी गर्न चेम्बर तयार रहेको बताए ।
चेम्बर पदाधिकारीसंगको भेटमा आईकोसाका अध्यक्ष कुरोसे नावुहिरोले नेपालमा लगानीका सम्भावित क्षेत्रबारे चासो राखे । कोभिड १९ पछि विश्वव्यापी रुपमा साना तथा मझौला उद्योग सवैभन्दा बढी प्रभावित भएको उनको भनाई छ । नेपालमा जलविद्युत, पर्यटन लगायत अन्य सम्भावित क्षेत्रमा संयुक्त लगानीका लागि चेम्बरसंग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिवद्धता जनाए । उनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै सम्भावना युक्त क्षेत्रमा लगानीका लागि आफ्नो देशका उद्यमी व्यवसायीसंग प्रस्ताव गर्ने आश्वासन समेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






