काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । पटक पटक अनुरोध गर्दा समेत आफ्ना माग पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले उद्योग प्रशासनमा शनिबार तालाबन्दी गरेका हुन ।
धुलोधूवाँ गराएको, कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको आरोपमा तालाबन्दी गरेको र कम्पनीले आफ्ना मागप्रति वेवास्ता गरेकाले तालाबन्दी गरेको स्थानीय विजय ज्ञवालीले जानकारी दिए ।
रैनादेवी छहरा गाउँपालिकाका २ वडाअध्यक्ष दानबहादुर पौडेल, स्थानीयबासिन्दा र कम्पनीका प्रतिनिधिबीच छलफल भइरहे पनि सहमति हुन नसक्दा युवाहरुले कार्यालयमा ताला लगाएका छन ।
सीजी सिमेन्टका प्रतिनिधि पदमबहादुर सिंहले अहिले सुरुवाती चरणका काम भइरहेकाले केही समस्या भएको स्वीकार्दै केही समयमा नै प्राविधिकहरु बोलाएर समस्या समाधान गर्ने बताएका छन् ।
गाउँको शिक्षा, स्वास्थ्य र स्थानीयबासिन्दाको रोजगारीप्रति कम्पनी सचेत रहेको भन्दै उनले स्थानीय बासिन्दाकै सहयोगमा उद्योग चलाउन आफूहरु तयार रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





