काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार झन्डै २८ अंकले बढको छ । आज नेप्से २७ दशमलव ९० अंकले बढेर २ हजार ५८ को विन्दुमा पुगेको छ ।
आज ३०६ धितोपत्रको एक करोड पाँच लाख ४९८ कित्ता सेयर चार अर्ब चार करोड ८८ लाख ५७ हजार ८५७ रुपैयाँमा किनबेच भयो ।
आज १३ वटै उपसमूहको समूहगत सूचक बढेको छ । हाइड्रोपावर उपसमूहको समूहगत सूचक ३ दशमलव ०८ ले बढेको छ ।
पाँचवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लगेको छ । आज दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फास्टक्चर एन्ड डेभ्लपमेन्ट, पिपुल्स हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र सोनापुर मिनिरल्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
आज लक्ष्मि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.१० प्रतिशत, प्रभु स्मार्ट फन्डको ४ दशमलव ८१ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





