काठमाडौं । एनएमबी बैंकको एटीएम फुटाउने प्रयास गरेपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पोखरास्थित वडा नं ८ मा रहेको एनएमबी बैंकको एटीएम फुटाउने प्रयास गरेको आरोपमा २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेल पक्राउ परेका हुन् ।
माछापुच्छ्रे गाउँपालिका घर भएका पौडेल हाल पोखरा १७ विरौटा बस्दै आएका छन् । प्रहरीका अनुसार बैंकको एटीएम मेसिनबाट पैसा चोरी गर्नका लागि हातले मुक्का हानेका थिए । सोहि क्रममा एटीएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएका टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो । पौडेललाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





