Dark

मान्छेको शरीरमा सुँगुरको मिर्गौलाः राम्रोसँग काम गरिरहेको छ, डाइलिसिस पनि चाहिएको छैन

एजेन्सी । जिन हेरफेर गरिएको सुँगुरको मिर्गौला  प्रत्यारोपण गरेका बिरामी अस्पतालबाट डिस्चार्ज भएर घर गएका छन् ।

६२ वर्षका रक स्लेमनलाई बुधबार घर पठाइएको हो । म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) मा दुई हप्ता अघि शल्यक्रिया गरेर स्लेमनको शरीरमा सुँगुरको मिर्गौला हालिएको थियो ।

विगतमा जिन संशोधन गरिएको सुँगुरको अंग मानवमा प्रत्यारोपणको प्रयास असफल भएका थिए । तर यसमा देखिएको सफलतालाई वैज्ञानिकहरूले सरहाना गरेका छन् । मानव मिर्गौला प्रत्यारोपण गरेको ५ वर्षमै समस्या आएपछि डाइलिसिस गराइरहेका स्लेम्यानलाई पुनः मिर्गौला चाहिएको थियो ।

मार्च १६ मा चार घण्टा लामो शल्यक्रियापछि डाक्टरहरूले जिन संशोधन गरिएको सुगुरको किड्नी उनको शरीरमा प्रत्यारोपण गरिदिए । किड्नीले स्लेम्यानको शरीरमा राम्रोसँग काम गरिरहेको अनि डाइलिसिस पनि नचाहिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै