धनकुटाको छथर जोरपाटी गाउँपालिका दुई ध्वजे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ । तिन वर्ष अघिबाट सुरु गरेको कार्यमा अहिले एक करोडभन्दा बढी खर्च भइसकेको छ ।
हालसम्म सो स्थानमा कोशी राजमार्गबाट डाँडासम्म पुग्न करिब डेढ किलोमिटर लामो छथर ग्रेटवाल निर्माण गरिएको छ । त्यस्तै ध्वजे डाँडामा लिम्बू जातिको सिलाम साक्मा, मगर जातिको खुर्पेटोको प्रतिमा निर्माण गरिएको छ । त्यस्तै डाँडामा नेपालको राष्ट्रिय झन्डा, लभ स्टेसन निर्माण गरिएको छ । सोही स्थानमा पानी संरक्षण अभियान अन्तर्गत इसिमोडले एक डाले पोखरी निर्माण गरिदिएको छ ।
त्यस्तै वन कार्यालयले समेत सो स्थानमा रिचार्ज पोखरी निर्माणको तयारी गरेको छ । ध्वजे डाँडालाई छथर जोरपाटी गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउन आफूहरू नयाँ सोचका साथ लागि परेको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिनुभयो । सङ्घ र प्रदेशसहित दाताहरूको सहयोगमा पालिकाभित्रका सबै जातजातिको पहिचान झल्कने गरी थप स्तम्भ निर्माण गरिने उहाँको भनाइ छ ।
यो डाँडा करिब २३०० मिटरको उचाइमा रहेको छ । डाँडाबाट सूर्योदय र सूर्यास्तसहित विभिन्न मनोरम दृश्य अवलोकन गर्न पाइन्छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





