एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२४ को सफलतापूर्वक आयोजना गरेको छ, जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (SONA) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (IDEA NEPAL) लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो।
एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउँदै आएको छ । यस कार्यक्रमका सहभागीहरूले विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड)हरू पत्ता लगाएका छन्।
जेष्ठ ३ गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२४ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका सि इ ओश्री प्रज्ञान कुमारलेस्वागत मन्तव्यबाट आरम्भ गर्नुभएको कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका रिजनल हेड श्री सिरीश राव र एशियन पेन्ट्स नेपालका कन्ट्री हेड श्री गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति गर्नुभएको थियो, जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिईएको थियो ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा यस वर्षका लागि चार प्रवृत्ति (ट्रेन्ड) हरू घोषणा गर्नुभयो ।
- SOIL
- INTO THE DEEP
- GOBLIN MODE
- RETRO FUTURISM
र एशियन पेन्ट्सका कलमइस्ट ,द्दडिटर तथा सिनियर एडभाइजर, सुश्री मञ्जु सारा राजनले 'TERRA’ लाई कलर अफ द इयर २०२४ को रूपमा प्रस्तुत गर्नुभयो, जुन प्रकृतिका कच्चा र प्रामाणिक तत्वहरूबाट प्रेरित सान्त्वनादायी र ग्राउन्डिङ शेड (Grounding shade) हो। यो रंगले न्यानोपन र सम्बन्धको भावना जगाउँछ
र आजको द्रुत–गतिको संसारमा भावनात्मक स्थिरताको अभयारण्य प्रदान गर्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





