एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२४ को सफलतापूर्वक आयोजना गरेको छ, जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (SONA) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (IDEA NEPAL) लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो।
एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउँदै आएको छ । यस कार्यक्रमका सहभागीहरूले विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड)हरू पत्ता लगाएका छन्।
जेष्ठ ३ गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२४ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका सि इ ओश्री प्रज्ञान कुमारलेस्वागत मन्तव्यबाट आरम्भ गर्नुभएको कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका रिजनल हेड श्री सिरीश राव र एशियन पेन्ट्स नेपालका कन्ट्री हेड श्री गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति गर्नुभएको थियो, जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिईएको थियो ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा यस वर्षका लागि चार प्रवृत्ति (ट्रेन्ड) हरू घोषणा गर्नुभयो ।
- SOIL
- INTO THE DEEP
- GOBLIN MODE
- RETRO FUTURISM
र एशियन पेन्ट्सका कलमइस्ट ,द्दडिटर तथा सिनियर एडभाइजर, सुश्री मञ्जु सारा राजनले 'TERRA’ लाई कलर अफ द इयर २०२४ को रूपमा प्रस्तुत गर्नुभयो, जुन प्रकृतिका कच्चा र प्रामाणिक तत्वहरूबाट प्रेरित सान्त्वनादायी र ग्राउन्डिङ शेड (Grounding shade) हो। यो रंगले न्यानोपन र सम्बन्धको भावना जगाउँछ
र आजको द्रुत–गतिको संसारमा भावनात्मक स्थिरताको अभयारण्य प्रदान गर्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






