काठमाडौँ, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको हाडजोर्नी विभागअन्तर्गत रहेको आर्थोस्कोपी तथा आर्थो प्लास्कि विभागले आज आयोजना गरेको कार्यक्रममा सर्जरी गरेका विरामीले आफूलाई हिँडडुलमा धेरै सहज भएको बताएका हुन् ।
अस्पतालका आर्थोस्कोपी तथा आथ्र्रोप्लाष्टिक विशेषज्ञ एवम् अर्थोपेडिक सर्जन डा विभुतीनाथ मिश्रले आर्थोस्कोपी सर्जरी दुरविन पद्दतीबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्दती भएको बताउनुभयो ।
सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई आर्थोस्कोपी भनिने उहाँको भनाई थियो । उहाँले ग्राण्डी अस्पतालले हालसम्म अर्थोपेडिक सर्जरी सयभन्दा बढी गरिसकेको बताउनुभयो । डा मिश्रले आर्थोस्कपिक प्रविधीद्वारा मानव शरीरमा भएको जोर्नीहरु जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नि भित्रको रोगको निदान र उपचार गर्न सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डाक्टर विनोद विजुक्छेले सबै घुँडाका विरामीले घुँडा दुख्दैमा शल्यक्रिया गर्नुपर्छ भन्ने नरहेको बताउनुभयो । “कुनै रोग फिजियोथेरापीबाट र कुनै रोग औषधीबाट निको हुन्छ, दुबैबाट निको नभएका विरामीलाई बल्ल शल्यक्रिया गरिन्छ,”– उहाँले भन्नुभयो ।
उहाँले खेलकुदसँग सम्बन्धित चोटपटकलाई उपचार गर्ने विधि आथ्र्रोस्कोपी सर्जरी भएको बताउनुभयो । उक्त सर्जरीबाट खेलाडीहरु पुन खेल क्षेत्रमा फर्कन सहज हुने गरेको डा विजुक्छेको भनाई छ । आथ्र्रोस्कोपी सर्जरी गरेका बिरामीहरुले पनि फुटबल खेल्न सक्छन र अन्य सामान्य दौड धुप समेत गर्न सक्छन भन्ने देखाउन डाक्टर, बिरामी र फिजियोथेरापीस्ट सहितको फुटसल प्रतियोगिता समेत आयोजन गरिएको थियो ।
लामो समयदेखि घुँडाको समस्या भएका विरामीले आथ्र्रोस्कोपी सर्जरी गरेपछि हिँडडुल गर्न सहज भएको बताएका छन् । कार्यक्रममा १२ वर्षदेखि घुँडाको समस्या देखिएका डिकेश मल्होत्राले आफूलाई फुटबल खेल्दा घुँडा सारै दुख्ने र डाक्टरकोमा जाँदा ठिक छ मात्र भन्ने गरेपनि रोग पत्ता लगाउन नसक्दा समस्या भएको बताउनुभयो ।
“ग्राण्डीमा आएर घुँडा देखाउँदा आथ्र्रोस्कोपी सर्जरीको सल्लाह दिएपछि उक्त सर्जरी गर्दा मलाई ठिक भएको हो,”– उहाँले भन्नुभयो । १२ वर्षदेखि कुनै डाक्टरले नदेखेको समस्या ग्राण्डीले देखेर सन्चो बनाईदिएकोमा आफूलाई ज्यादै खुशी लागेको बताउनुभयो ।
यस्तै, विश्मा राईको पनि घुँडा दुख्ने समस्या लामो समयदेखिको हो । हिँडडुल गर्न समस्या भएकी विश्मा पनि ग्राण्डीमा आएर सर्जरी गरेपछि ठिक हुनुभयो । उहाँले सर्जरी गरेको चार महिनापछि हिँडेर सगरमाथा आधारशिविर पुगेको आफ्नो अनुभव कार्यक्रममा सुनाउनुभयो ।
पोखराका दीपक पौडेलको पनि आथ्र्रोस्कोपी सर्जरीबाट घुँडा दुख्ने समस्या कम हुँदै गएको छ । “ग्राण्डीका डाक्टर र नर्सको व्यवहारले मलाई चाँडो निको हुन मद्दत पुग्यो,”– उहाँले भन्नुभयो । उहाँको घुँडा लक भएको कारण घुँडाको केही भाग डाक्टरले खुर्केर फालेका थिए ।
नेपाल इनभेष्टमेन्ट मेगा बैँक जोरपाटी शाखाका शाखा प्रबन्धक दिवाकर चालिसे पनि ग्राण्डीले दिएको सेवाबाट सन्तुष्ट हुनुहुन्छ । उहाँले उक्त अस्पतालका थेरापिस्टले दिएको सेवा सारै राम्रो लागेको बताउनुभयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






