काठमाडौं - । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ५ खडपु वा श्रीखण्डपुरमा अवस्थित प्रख्यात श्वेत भैरवको मन्दिर। बनेपा बजारदेखि पनौती जाँदा करिब २ किलोमिटरको दुरीमा, सडकको बायाँतर्फ अर्थात् खोलाको पारी उच्च स्थानमा अवस्थित रहेको छ । यो प्रख्यात एवम प्राचीन श्वेत भैरवको मन्दिर हो ।
यस स्थललाई हाल खडपु भनिन्छ भने पुरानो यस स्थलको नाम श्रीखण्डपुर हो। तीन छाना भएको यस श्वेत भैरवको मन्दिर निकै नै कलात्मक र आकर्षक रहेको छ। २ छाना र गजुरमा सुनको मोलम्बा लगाइएको छ। मन्दिरको प्रमुख प्रवेशद्वार अगाडी दायाँ र बायाँ सिंहले पहरा दिएका छन्।
मन्दिरको भित्र होचो भागमा श्वेत भैरवको प्रतिकात्मक स्थान रहेको छ। यही स्थानमा भक्तजनहरू पूजा अर्चना गर्ने गर्दछन् ।
यस मन्दिरका पुजारीका अनुसार यस भैरव मन्दिरमा चैत महिनामा लिङ्गो ठड्याई जात्रा पर्व मनाइने गरिन्छ र असार महिनामा विशेष पूजा समेत हुने गर्दछ। सडक किनारै दाहिनेतर्फ श्वेत भैरवको मन्दिर रहेको छ भने सडकको बायाँ तर्फ किनारमा यस मन्दिरको प्राचीनतम शिलालेख समेत रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





