काठमाडौँ । सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जामा अवस्थित प्राचीन मन्दिर आदिलिंगेश्वर महादेवको मन्दिर प्रवेश गर्नुभन्दा अगाडी बायाँतर्फ निकै नै आकर्षक शिखर शैलीको सौर्य मण्डलीय शक्तिपिठ मन्दिर रहेको छ।
उक्त शक्तिपिठ मन्दिर प्रवेश गर्दा मन्दिरको अगाडी २ वटा सिंह रहेको छ भने दाहिने तर्फ पित्तलको लामो त्रिशूल र बायाँतर्फ ठुलो घण्ट झुन्ड्याइएको छ। मन्दिरको प्रवेशद्वारदेखि मन्दिर समेत पित्तलको गजुरले सजिएको छ। मन्दिरको दाहिनेतर्फ पित्तलको ठुलो पित्तलको त्रिशूल रहेको छ भने बायाँतर्फ पित्तलकै आकारमा नेपालको झन्डा देख्न सकिन्छ। मन्दिरको चारै कोणमा नागको मूर्तिहरू बनाइएको साथै मन्दिर परिसर अन्य देविदेवताहरुको मूर्ति समेत रहेको छ।
मन्दिरका पुजारीका अनुसार यस मन्दिरमा भक्तजनहरूको दैनिक भिड भएता पनि विशेष गरी हिन्दुहरूको विभिन्न पर्वहरूका लागि भक्तजनहरूको अत्यधिक भिड रहने गर्दछ। मन्दिरको सुरक्षाको लागि चारैतिर पर्खालले घेरिएको छ ।
स्रोत : राजेश ढुंगाना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





