काठमाडौँ । सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जामा अवस्थित प्राचीन मन्दिर आदिलिंगेश्वर महादेवको मन्दिर प्रवेश गर्नुभन्दा अगाडी बायाँतर्फ निकै नै आकर्षक शिखर शैलीको सौर्य मण्डलीय शक्तिपिठ मन्दिर रहेको छ।
उक्त शक्तिपिठ मन्दिर प्रवेश गर्दा मन्दिरको अगाडी २ वटा सिंह रहेको छ भने दाहिने तर्फ पित्तलको लामो त्रिशूल र बायाँतर्फ ठुलो घण्ट झुन्ड्याइएको छ। मन्दिरको प्रवेशद्वारदेखि मन्दिर समेत पित्तलको गजुरले सजिएको छ। मन्दिरको दाहिनेतर्फ पित्तलको ठुलो पित्तलको त्रिशूल रहेको छ भने बायाँतर्फ पित्तलकै आकारमा नेपालको झन्डा देख्न सकिन्छ। मन्दिरको चारै कोणमा नागको मूर्तिहरू बनाइएको साथै मन्दिर परिसर अन्य देविदेवताहरुको मूर्ति समेत रहेको छ।
मन्दिरका पुजारीका अनुसार यस मन्दिरमा भक्तजनहरूको दैनिक भिड भएता पनि विशेष गरी हिन्दुहरूको विभिन्न पर्वहरूका लागि भक्तजनहरूको अत्यधिक भिड रहने गर्दछ। मन्दिरको सुरक्षाको लागि चारैतिर पर्खालले घेरिएको छ ।
स्रोत : राजेश ढुंगाना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






