धरान - । (सुनसरी) चतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् । वराहक्षेत्र नगरपालिका–१ मा चतरा गुठीको स्वामित्वका ती संरचना तत्काल मर्मतसम्भार हुनुपर्नेमा महन्त विनायक पुरीले जोड दिएका छन ।
मठको मूर्तिदेखि गद्दीसम्मका संरचना जीर्ण बनाकाले तत्काल मर्मतसम्भार थाल्नुपर्ने उनको माग छ । उनले धार्मिक एवम पुरातात्त्विक महत्वका यस्ता सम्पदा संरक्षणको दायित्व समाजका सबै वर्गको भएको बताउछन । जीर्णोद्धारका लागि गुठी संस्थानलाई पत्राचार गरिएको उनले बताउछन ।
महन्त पुरीका अनुसार शिवालयभित्रको स्वर्णजडित शिवलिङ्ग, शिवलिङ्गको स्वर्णजडित नाग, स्वर्णजडित पञ्चमुखी शिवलिङ्ग, सङ्गमर्मरद्वारा निर्मित औलिया बाबाको मूर्ति, पत्थरको द्वारा निर्मित अष्टभूजा भैरवको मूर्ति, औलिया बाबाको गद्दी तत्काल जीर्णोद्धार गर्नुपर्ने भएको छ । धर्मशास्त्रले खण्डित मूर्ति पूजा गर्न नहुनेमा जोड दिएको उनले बताउछन ।
स्रोत ः रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





