कबिराज घिमिरे
हिले । धनकुटा जिल्लामा मात्र बसोबास रहेको आठपहरिया जातिको सङ्ग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले निर्माण थालिएको उक्त सङ्ग्रहालयको काम अन्तिम चरणमा पुगेको हो ।
धनकुटा नगरपालिका–४ स्थित बिहीबारे हटिया छेउमा आठपहरिया जातिको सङ्ग्रहालयका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ ।
धनकुटा नगरपालिकामा मात्र बसोवास रहेको आठपहरीया जातीको संस्कृति जगेर्नाका लागि धनकुटा नगर विकास समितिको तीन रोपनी क्षेत्रफलमा सङ्ग्रहालय निर्माण भइरहेको हो । आर्थिक वर्ष २०७८/०७९ मा सङ्घीय सरकारबाट ५० लाख र धनकुटा नगरपालिकाको दुई करोड आठ लाख रुपियाँको लागतमा भवन निर्माण गरिएको हो ।
दुइ आर्थिक वर्षसम्म अधुरो रहेको काम नगरले समपूरक बजेट विनियोजन गरेर काम सुचारु गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउछन । आठपहरिया जातिको आफ्नै धर्म, संस्कृति, परम्परा छ ।
पुर्ख्यौली थातथलो छोडेर जान नहुने परम्परा रहेको आठपहरियामा जहाँ गए पनि धनकुटामा नै आएर धर्म संस्कृति मान्नुपर्ने प्रचलन छ । दुईतले सङ्ग्रहालयको एउटा हलसहित जम्मा १० वटा कोठ छन ।
सङ्ग्रहालयको छानो पुरानो शैलीमा फुसको लगाइएको छ । सङ्ग्रहालयमा आठपहरिया जातिको कला संस्कृति, भेषभूषा, भाषा, धर्म चिनाउने साथै पुरातात्विक महत्वका वस्तुहरु सङ्ग्रह गरिने किराँत आठपहरिया समाजका महासचिव कोमल किम्दाङ आठपहरियाले बताउछन ।
सीमान्तकृत आठपहरिया जातिको धनकुटा नगरपालिकाभित्र मात्रै बसोबास छ । आठपहरिया समुदायको जनसंख्या करिब दश हजार रहेको बताइन्छ ।
स्रोत: गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






