गोविन्द शर्मा
बाँके । बाँकेको खजुरा गाउँपालिका –४ एफगाउँका खेमबहादुर विक ११ वर्षका भए । गाउँघरमा हुने विवाह पूजा, धार्मिक कार्यक्रम र अन्य कार्यक्रममा उनि आफ्ना हजुरबुवा तिलबहादुरसँगै बाजा बजाउन जान्छन ।
एफगाउँस्थित जनकल्याण माविमा कक्षा ६ मा अध्ययनरत खेम विद्यालय बन्द भएको दिनमा गाउँघरमा हुने विभिन्न कार्यक्रममा बाजा बजाउने गर्छन । यसैगरी एफगाउँकै धनसिंह परियार वर्षौदेखि बाजा दमाहा बजाउँदै आएका छन ।
पछिल्लो केही वर्षदेखि उनका नाति सुनिल परियार पनि उनको साथमा देखिन्छन । जनकल्याण माविमै कक्षा ७ मा अध्ययनरत सुनिल विद्यालय बिदा भएको दिनमा हजुरबुवाको साथमा बाजा बजाउँदै कार्यक्रममा सहभागी हुने गरेको बताउछन ।
हजुरबुवाहरुले बाजा बजाउँदा रमाइलो लागेर आफू पनि विद्यालय बन्द भएको दिनमा सँगै हिंड्ने गरेको उनको भनाइ छ । सुनिल भन्छन, ‘सुरुमा रमाइलोका लागि बाजा बजाउन थालेका थियौं, अहिले विद्यालय नभएको दिनमा अभिभावकले खोजेर ल्याउनुहुन्छ ।’
नाति पुस्तालाई दमाहा र अन्य बाजा बजाउन सिकाइरहेका ज्येष्ठ नागरिक बाजाको पुस्तान्तरणका लागि योगदान गर्न सकेकोमा उत्साहित छन ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकाले , संस्कृतिको संरक्षणका लागि वार्षिक बजेट विनियोजन गरिरहेको बताउछन । खजुरा गाउँपालिकाको ‘ई’ गाउँ, धौलागिरी, सीतापुरलगायतका स्थानमा ज्येष्ठ नागरिकले परम्परागत संस्कृतिलाई नयाँ पुस्तामाझ सिकाइरहेको उनि बताउछन ।
स्रोत : गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





