नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले महान चाड बडा दशैं तथा तिहारको विशेष छुट योजना "चढौं बेनेली, बाँडौं खुसी योजना" सार्वजनिक गरेको छ। कम्पनीका सेल्स तथा मार्केटिङ्ग म्यानेजर नबराज घिमिरेका अनुसार, यस योजनामा ग्राहकहरूले Benelli बाइकको खरिदमा रु. १ लाखसम्मको छुट पाउन सक्नेछन्।
यस अफर अन्तर्गत ग्राहकहरूले मनपरेको बाइक तथा स्कुटर खरिद गरी यसपालिको दशैंमा आफ्नो परिवारसँग खुसी बाँड्न सक्नेछन्।
यस अफरमा, Benelli Panarea 125cc बाइक रु. २,५०,००० मा उपलब्ध हुनेछ भने Benelli 180S रु. ३,३०,००० मा किन्न सकिनेछ। थप रूपमा, ग्राहकहरूले बेनेली ब्रान्डको हेलमेट, जसको बजार मूल्य रु. १२,००० छ, निःशुल्क पाउनेछन्। साथै, पुरानो बाइक साटफेर गर्दा अतिरिक्त रु. ३०,००० को मूल्याङ्कन गरिनेछ र सम्पूर्ण बीमा तथा आर्थिक वर्षको कर पनि कम्पनीले निःशुल्क रूपमा बेहोर्नेछ।
केटीएम इन्टरनेसनल ट्रेडिङले बेनेली बाइकसँगै Sunra इलेक्ट्रिक सवारी साधनहरू पनि बिक्री गर्दै आइरहेको छ। यो दशैंको अफर सीमित समयका लागि मात्र उपलब्ध हुनेछ, जसले ग्राहकहरूलाई नयाँ सवारी साधनसँगै विशेष छुट र आकर्षक अफरको लाभ लिन सक्नेछन्।
बेनेलीको यो अफरले नेपाली बजारमा प्रिमियम बाइक चलाउने सपना सजिलै पूरा गराउन सहयोग पुर्याउनेछ!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





