गुल्मी जिल्लामा दशैँका बेला नाचिने सराय नाच संरक्षण अभावमा सङ्कटमा परेको छ । प्राय दशैँको टीकाको दिनदेखि पूर्णिमाको दिनसम्म सराय नाच नाचिन्छ ।
तरबार, खुडा र खुकुरी नचाउँदै पञ्चेबाजाको तालमा सामूहिक रुपमा सराय नाच नाचिन्छ । तर, यो कला पुस्तान्तरण नहुँदा सराय नाच सङ्कटमा परेको हो ।
यही चिन्ताले गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ का केही युवाले यसको संरक्षणको प्रयास थालेका छन् ।
‘यो हाम्रो संस्कृतिक, परम्परा र मौलिक कला हो । यसलाई संरक्षण गर्नुपर्छ भनेर युवाहरुको सक्रियता बढाइएको छ,’ इस्मा गाउँपालिका वडानम्बर २ युवा राजेन्द्रविक्रम कुँवरले भने । उनले पुराना पुस्ता सकिँदै जाँदा पुराना कला संस्कृति पनि मेटिँदै जाने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए ।
गुल्मीका अर्जै, अमरपुर, इस्मामैदान, धुर्कोट, ताल्तुङ, धागिथुम, चोयगा लगायतका स्थान उत्कृष्ट सराय नाचका लागि चर्चित छन् । यो अर्घाखाँची, कपिलवस्तु, प्युठान र दाङका विभिन्न कोट र शक्तिपिठहरुमा सराय नाच नाचिन्छ ।
तर नाच्ने कला युवामा पुस्तान्तरण नहुँदा यसको मौलिकता पनि मासिँदै गएको छ । मन्दिर क्षेत्र, चौर वा कुनै सार्वजनिक स्थानमा गाउँका सबै भेला भएर सराय नाच नाच्ने र हेर्ने चलन परापूर्वकालदेखि नै चल्दै आएको हो । यो दशैँका बेलामा घरमा आएका साथीसङ्गीसँग भेट्ने गतिलो अवसर पनि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





