गुल्मी जिल्लामा दशैँका बेला नाचिने सराय नाच संरक्षण अभावमा सङ्कटमा परेको छ । प्राय दशैँको टीकाको दिनदेखि पूर्णिमाको दिनसम्म सराय नाच नाचिन्छ ।
तरबार, खुडा र खुकुरी नचाउँदै पञ्चेबाजाको तालमा सामूहिक रुपमा सराय नाच नाचिन्छ । तर, यो कला पुस्तान्तरण नहुँदा सराय नाच सङ्कटमा परेको हो ।
यही चिन्ताले गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ का केही युवाले यसको संरक्षणको प्रयास थालेका छन् ।
‘यो हाम्रो संस्कृतिक, परम्परा र मौलिक कला हो । यसलाई संरक्षण गर्नुपर्छ भनेर युवाहरुको सक्रियता बढाइएको छ,’ इस्मा गाउँपालिका वडानम्बर २ युवा राजेन्द्रविक्रम कुँवरले भने । उनले पुराना पुस्ता सकिँदै जाँदा पुराना कला संस्कृति पनि मेटिँदै जाने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए ।
गुल्मीका अर्जै, अमरपुर, इस्मामैदान, धुर्कोट, ताल्तुङ, धागिथुम, चोयगा लगायतका स्थान उत्कृष्ट सराय नाचका लागि चर्चित छन् । यो अर्घाखाँची, कपिलवस्तु, प्युठान र दाङका विभिन्न कोट र शक्तिपिठहरुमा सराय नाच नाचिन्छ ।
तर नाच्ने कला युवामा पुस्तान्तरण नहुँदा यसको मौलिकता पनि मासिँदै गएको छ । मन्दिर क्षेत्र, चौर वा कुनै सार्वजनिक स्थानमा गाउँका सबै भेला भएर सराय नाच नाच्ने र हेर्ने चलन परापूर्वकालदेखि नै चल्दै आएको हो । यो दशैँका बेलामा घरमा आएका साथीसङ्गीसँग भेट्ने गतिलो अवसर पनि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






