काठमाडौँ । तिहार सुरु भएसँगै देउसी भैलोको स्मरण हुन्छ । देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल याद आउँछ । अब यस वर्षको तिहार सुरु हुन केही दिन मात्रै बाँकी छ । त्यसैले पनि अहिले काठमाडौँमा मादल किन्नेहरुको भिड छ । अन्य समयमा खोजी नहुने मादल तिहारको समयमा भने किन्ने र बेच्नेहरुको घुइँचो लाग्छ ।
विभिन्न जिल्लाबाट मादल खरिद गर्नका लागि काठमाडौँ आइपुग्छन् । आफूलाई मन पर्ने मादल छानेर किन्ने र घर लगी तिहारमा रमाउने हेतुले टाढाबाट काठमाडौँ मादल किन्न ग्राहकहरु आउने गरेका छन् । ओखलढुङ्गाको केत्तुकेबाट मादल किन्न आएका सुमन तामाङ गाउँघरमा देउसी, भैलो खेल्नेलाई मादल अनिवार्य हुने र मादल बिना रमाइलो नहुने बताउँछन् ।
त्यसैले पनि समूहका लागि मादल किन्न आएको बताउँछन् । अन्य ठाउँमा भन्दा विष्णु म्युजिक सपमा राम्रो मादल पाइने भएकाले आफू काठमाडौँ आएको बताए । उनले आफूले विष्णु म्युजिक सपबाट तीन वर्ष यता मादल किन्ने गरेको बताए ।
उनले भने, ‘गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल चाहिन्छ । यसले रमाइलो पनि हुन्छ । मादल राम्रो पाइन्छ । म यहाँ आउन थालेको तीन वर्ष भयो । रीतिरिवाज, संस्कृति जगेर्ना पनि भयो ।’
काठमाडौँको विष्णु म्यूजिक सप सञ्चालन गर्दै आएका व्यवसायी रिपबहादुर कुलले गत वर्षको तुलनामा यस वर्ष मादलको व्यापार राम्रो रहेको बताए । २५ वर्ष यता काठमाडौँको वसन्तपुर क्षेत्रमा मादल व्यापार गर्दै आएको बताउँदै उनले १३ सयदेखि १२ हजारसम्मका मादल आफूले पसलमा राख्ने गरेको जानकारी दिए ।
यस वर्ष १५ सयको हाराहारीमा मादल बेच्ने आफ्नो लक्ष्य रहेको बताए । मादलका लागि काठ सहजै पाउने भए पनि छाला भने ल्याउन गाह्रो रहेको बताए ।
उनले भने, ‘तिहार आउँदैछ, मध्यम व्यापार भइरहेको छ । भर्खर सुरु हुँदैछ, ग्राहकहरु आइरहनुभएको छ । पहिलाको तुलनामा मादल राम्रै बिक्री भएको छ । व्यापार अलि बढेकै हो । मैले २५ वर्ष जति भयो व्यापार गरेको । १३ सयदेखि १२ हजारसम्मका मादल छन् । काठ मकवानपुर तिरबाट ल्याउँछौँ । तिहारमा १५ सय वटा जति मादल बेचिन्छ होला । मादलको सामान छालाहरु ल्याउन गाह्रो छ । छाला फोहोर पनि भयो । नेपाली बाजा, लोकबाजा छ, सरकार केही संरक्षणमा लागेको छैन । हामीले अन्तर्राष्ट्रिय स्तरमा पनि पुर्याउन जरुरी छ ।’
उनले नेपाली लोकबाजालाई सरकारले संरक्षण गर्न जरुरी रहेको बताए । एउटा मादल तयार गर्न करिब १० दिन लाग्ने मादल व्यवसायीहरु बताउँछन् । काठ खोपेर ढुङ्ग्रो बनाउनुपर्ने भएकोले अत्यधिक मेहनत र समय लाग्छ । विगतकै मूल्यमा मादल बेचिरहेको र बजार मूल्य चित्तबुझ्दो नरहेको व्यवसायीहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






