पोखरा महानगरपालिका वडा २२ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीकोटमा शिवरात्रीको अवसरमा भक्तजनको भीड लागेको छ । आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको पुम्दीकोटमा ५१ फिट अग्लो शिव मूर्ति बनाइएको छ । शिवको मूर्ति अवलोकन गर्न दिनहुँ पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।
पोखराको मुख्यबजार क्षेत्रबाट करिब १३ किमी दूरीमा रहेको पुम्दीकोटबाट पोखरा उपत्यकासहित अन्नपूर्ण हिमहृङखलनका साथै मनोरम दृश्य नियाल्न सकिन्छ ।
रमणीय स्थानमा रहेको पुम्दीकोटमा पर्यटकलाई लामो समय टिकाउन र भुलाउन अन्य पर्यटकीय पूर्वाधार निर्माणको काम भइरहेको छ । शिवको मात्र नभएर शिवको मूर्तिबाट ठिक पश्चिमतर्फ पार्वतीको मूर्तिसमेत निर्माण गरिएको छ । त्यसले पनि थप आकर्षण थपेको छ ।
शिवरात्री बाहेक अन्य समयमा पनि विशाल शिव मूर्तिको अवलोकन गर्न सयौंँ पर्यटक त्यहाँ पुग्ने गरेका छन् । प्राकृतिक रुपमा सुन्दर पर्यटकीय राजधानी पोखरामा मानव निर्मित पर्यटकीय पूर्वाधार आन्तरिक तथा वाह्यक पर्यटकको रोजाइमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






