सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानले २०८१ को प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कारबाट विभिन्न विधाका सात स्रष्टालाई पुरस्कृत तथा सम्मानित गरेको छ । प्रतिष्ठानले २१२ औँ भानुजयन्तीको अवसरमा आइतबार धनगढीमा बृहत् कार्यक्रमको आयोजना गरी प्रादेशिक प्रतिभा पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
प्रतिष्ठानले भाषातर्फ वीरबहादुर चन्द (बैतडी), साहित्य तर्फ सह प्रा. गणेशराज जोशी (दार्चुला), लोकसंस्कृति तर्फ यज्ञराज उपाध्याय (अछाम) लोकगायनतर्फ डिक्रा बादी (बझाङ), चलचित्रतर्फ संगत थारू (कैलाली) ,नृत्यतर्फ रामबहादुर रावल (डोटी) ललितकलातर्फ अमर सुनार (कञ्चनपुर) लाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरेको छ ।
असार २९ गते धनगढीमा एक विशेष समारोहको आयोजना गरी प्रतिष्ठानले प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यमा र प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद डा. टीएन जोशीको सभापतित्वमा स्रष्टाहरूलाई उक्त पुरस्कार तथा सम्मान प्रदान गरेको हो । समारोहमा प्रमुख अतिथि सामाजिक विकास मन्त्री मेघराज खड्का, सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी र प्रदेश सभा सदस्य विक्रम धामीले पुरस्कृत स्रष्टालाई दोसल्ला, नगद, र अभिनन्दनपत्रबाट सम्मानित गरे ।
यसै गरि कार्यक्रममा केही अन्य स्रष्टाहरूलाई पनि प्रतिष्ठानले प्रादेशिक प्रतिभा सम्मान प्रदान गरेको छ । सम्मानित हुनेमा नाट्यतर्फ उमेश मायालु (डडेल्धुरा, चलचित्रतर्फ अम्बिकाप्रसाद आचार्य (कैलाली) लोक दोहोरीतर्फ पदमबहादुर धामी (अछाम), लोक गायनतर्फ उमाशंकर जोशी (बझाङ), मातृभाषा चलचित्र तर्फ खडक मल्ल (डोटी), चित्रकलातर्फ मनिष चौधरी (कैलाली), नृत्यतर्फ हेमराज भट्ट (कैलाली) नाट्यतर्फ प्रेम भण्डारी (कैलाली) र गायनतर्फ प्रकाशबहादुर शाह रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त गर्ने स्रष्टाहरूलाई नगद पचास हजारसहित र प्रादेशिक प्रतिभा सम्मान प्राप्त गर्ने स्रष्टाहरूलाई नगद बीस हजारसहित अभिनन्दनपत्र प्रदान गरिएको हो ।
भानुजयन्ती २०८२ को अवसर पारेर धनगढीस्थित निर्माण ब्यबसायी संघको हलमा स्रष्टा सम्मान तथा साहित्यिक सांस्कृतिक उत्सव कार्यक्रम सम्पन्न भएको हो। समारोहमा प्रतिष्ठानको अनुसन्धानमूलक ग्रन्थ संस्कृति र इतिहास विशेष ‘सगुन’ र लेखक इन्द्र चौधरीद्वारा लिखित तथा सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित सुदूरपश्चिमका थारू संस्कृति र लोककथा कृति प्रमुख अतिथि मन्त्री खड्का र प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले लोकार्पण गरे । समारोहमा आदिकवि भानुभक्तको ब्यक्तित्व र कृतित्व माथि प्रा. गणेशराज जोशीले चर्चा गरे । आइतबार सम्पन्न भानुजयन्ती, प्रादेशिक प्रतिभा पुरस्कार समर्पण, स्रष्टा सम्मान तथा साहित्यिक सांस्कृतिक उत्सव समारोहमा बिबिध सांस्कृतिक प्रस्तूति राखिनुका साथै कविता वाचनसमेत गरियो ।
सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीको सभापतित्वमा सम्पन्न भानुजयन्ती समारोहमा प्रमुख अतिथिमा सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए भने नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बिक्रम धामी, संविधान सभा सदस्य आनन्दी पन्त, पूर्व सांसद यज्ञराज पाठक, वरिष्ठ कथाकार किरण आचार्य, महाकाव्यकार मनिराज जोशी, प्राज्ञ यज्ञराज उपाध्याय, सुदूरपश्चिम विश्वविद्यालयका कार्यकारी सदस्य हरिकृष्ण कडायत लगायत विशिष्ट साहित्यिक स्रष्टाहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






