काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले यहि साउन ३० गतेदेखि नबिल म्युचुअल फण्ड अन्तर्गत दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’ को इकाई निष्काशन गर्ने भएको छ । २५ करोड रुपैयाँको कोष आकार रहेको यस योजनामा १० रुपैयाँ अंकित दरमा २ करोड ५० लाख इकाईहरु निष्काशन गरिनेछ।
यसमध्ये ३७ लाख ५० हजार इकाई व्यवस्थापक कम्पनीका लागि सुरक्षित राखिएको छ भने १ करोड १२ लाख ५० हजार इकाई पहिलो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाई देखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। इकाईहरुमा आवेदन दिने अन्तिम म्याद छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ सम्म रहनेछ । ‘एनआई ३१ योजना’ले पूजिंबजारमा बजारमा सूचीकृत ३१ वटा उत्कृष्ट (ब्लुचिप) कम्पनीहरूमा मात्र लगानी गर्नेछ, जसले आकर्षक दीर्घकालीन प्रतिफल दिने उदेश्य राखेको छ।
यसअघि नै सफलतापूर्वक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ‘नबिल इक्विटी फण्ड’ सञ्चालन गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






