भूटान । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स -NATTA_ र एशोसिएशन अफ भुटानीज टुर अपरेटर्स ABTO) बीच दुई हिमाली राष्ट्रबीच पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यले एक ऐतिहासिक सहमति पत्र (MoU_मा हस्ताक्षर गरिएको छ । यो महत्वपूर्ण सम्झौतामा NATTA का अध्यक्ष कुमार मणि थपलिया र ABTO का अध्यक्ष किन्ले ग्याल्त्सेनले भूटानको पारोस्थित डुङ्कर द्जोङमा दुबै देशका पर्यटन क्षेत्रका प्रमुख सरोकारवालाहरूको उपस्थितिमा हस्ताक्षर गरेका थिए ।
सहमति पत्रले पुनर्जननशील र दिगो पर्यटन प्रवर्द्वन गर्ने साझा दृष्टिकोणसहित पर्यटन विकासमा सहकार्यलाई संस्थागत गर्ने आधार निर्माण गरेको छ । दुवै संस्थाले आपसी जानकारी आदान- प्रदान, विचार र सीपको साझेदारी गर्दै यात्रा व्यापार उद्योगलाई सुदृढ पार्ने र नेपाल, भूटान साथै दक्षिण एशियाली क्षेत्रमा दिगो पर्यटन प्रवर्द्वन गर्ने विषयमा सहमत भएका छन् ।
यस अन्तर्गत, तालिम कार्यक्रम, सेमिनार, कार्यशाला र प्रचार- प्रसार गतिविधिहरू सञ्चालन गर्ने, साथै दुवै देशमा संयुक्त कार्यक्रम आयोजना गर्ने सम्भावनाहरू खोजी गर्ने प्रतिबद्धता गरिएको छ । सहकार्यले दुवै संस्थाका पर्यटन क्षेत्रमा निरन्तर योगदानलाई सम्मान गर्दै दिगो अर्थतन्त्र निर्माणका लागि सहकार्यको आवश्यकता औंल्याएको छ । पुनर्जननशील पर्यटन अभ्यासलाई अंगीकार गर्दै यस साझेदारीले सांस्कृतिक संरक्षण, वातावरणीय दायित्व र सामुदायिक सहभागिता प्राथमिकता दिनेछ, जसले पर्यटनलाई सकारात्मक परिवर्तनको शक्तिमा रूपान्तरण गर्नेछ ।
सहमति पत्र दुई वर्षका लागि लागू हुनेछ र आवश्यकताअनुसार नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । हस्ताक्षर समारोहमा बोल्दै } NATTA का अध्यक्ष कुमारमणि थपलियाले यस साझेदारीले नेपाल र भूटानबीचको आपसी पर्यटन प्रवद्र्धनलाई अझ बलियो बनाउँदै हिमाली क्षेत्रलाई पुनर्जननशील र दिगो पर्यटनको विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, ABTO का अध्यक्ष किन्ले ग्याल्त्सेनले नेपाल र भूटान सांस्कृतिक, आध्यात्मिक र प्राकृतिक सम्बन्धले गाँसिएका राष्ट्र भएकाले पर्यटनबाट जनजीवनमा प्रत्यक्ष लाभ पुर्याउने, परम्पराको संरक्षण गर्ने र प्राकृतिक सम्पदाको सुरक्षा गर्ने लक्ष्यका साथ सहकार्य अघि बढाइने धारणा राखे ।
यो सम्झौताले नेपाल र भूटानबीचको पर्यटन सम्बन्धलाई नयाँ चरणमा पु¥याउँदै दिगो विकास र क्षेत्रीय सहकार्यको साझा दृष्टिकोणलाई सुदृढ पार्ने मात्र होइन, सांस्कृतिक आदान–प्रदान र आर्थिक वृद्धिका लागि नयाँ मार्ग खुला गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






