नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले थ्रीडीएस एक्सेस कन्ट्रोल सर्भर सेवा सफलतापूर्वक सुरुवात गरेको छ । एसीएस विश्वव्यापी कथ्रीडी सोर्स प्रोटोकलको महत्वपूर्ण अंग हो, जसले कार्डबाहकहरूलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रियालाई सहज बनाउँछ र ठगीविरुद्ध उच्च स्तरको सुरक्षा सुनिश्चित गर्छ ।
ग्लोबल आइएमई बैँक नेपालमा एसीसीको थ्रीडीएस एसीएस सेवामा आबद्ध हुने पहिलो बैंक बनेको छ । त्यससँगै, एनएमबी बैँकलाई पनि यो सेवा प्रदान भइसकेको छ, जसले यस सेवाको पहुँच अझ विस्तार गरेको छ । यी सहकार्यहरुमार्फत ग्लोबल आइएमई बैँक र ग्लोबल आइएमई बैँकका कार्डबाहकहरूले अब अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सहज प्रमाणीकरण सुविधा पाउनेछन् ।
एसटीसीले सुरु गरिएको एसीएस सेवा नेपालमा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ प्रगतिका रुपमा स्थापित भएको छ । यसले अनलाइन कारोबार गर्दा रियल–टाइम प्रमाणीकरण र ठगी रोकथाममा सहयोग प्रदान गर्ने भएकाले अनलाइन किनमेल, टिकटिङ र अन्य भुक्तानी अनुभवलाई अझ सुरक्षित र विश्वासिलो बनाउने छ ।
यसले ग्राहकको डिजिटल च्यानलमा विश्वास बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रादायक संस्थाहरूको सुरक्षाका मापदण्डसँग नजिक ल्याउँदै, नगदविहीन अर्थतन्त्रतर्फको यात्रालाई पनि टेवा पुर्याउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






