बाबुराम कार्की
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उराव जातिको उत्थानको लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकार लाग्नुपर्ने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंहमा नेपाल उराव संघ स्थापना भएको पहिलो वर्षको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।
सभापति देउवाले उराव समुदायको उत्थान गर्न उराव समुदायको मौलिक संस्कृतिको संरक्षणका लागि तीन तहका सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
सुनसरीको भोक्राहामा नेपाल उराव संघ केन्द्रीय कार्यसमितिद्वारा आयोजना गरेको करम पूर्व सन्ध्या तथा करम पूजा सांस्कृतिक महोत्वसव कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाले उरावको मौलिक संस्कृतिलाई समेत राज्यले संरक्षण गर्नुपर्ने बताएका हुन् ।
अल्पसंख्यक जातिको मौलिक संस्कृति संरक्षण गर्ने दायित्त्व राज्यकै भएकाले उराव समुदायका बालबालिकालाई शिक्षाको सहज पहुँचसँगै उनीहरुको मौलिक सिपको प्रवर्द्धन गरिनुपर्ने सभापति देउवाले बताए ।
प्राकृतिक पुजक उराव समुदायको मुख्य पर्वको रुपमा मनाउने करम पर्व भदौ पूर्णिमाको दिन विशेष पूजाको आयोजना गरी मनाइने गरिएको छ ।
एक हप्ताअगाडि नै विधिअनुसार जमरा राखेर पूजामा जमरा लगाएर खुसीयाली मनाउने गरिन्छ । नेपाल उराउ संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष सूर्यदेव दास उराउका अनुसार परापूर्व कालदेखि मनाउँदै आएको करम पूजा गर्नाले चिताएको पुग्ने, परिवारमा सुख, शान्ति र समृद्धि आउने, अकाल मृत्यु टर्ने विश्वास रही आएको छ ।
तराई क्षेत्रमा बसोबास गर्ने उराव समुदायले प्रत्येक वर्ष भदौ पूर्णिमाको दिन पारेर ऐतिहासिक करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम गरिएको नेपाल उराउ संघ केन्द्रीय समितिले जनाएको छ ।
करमको अवसरमै उराव बस्तीमा सामूहिक भेला भएर दैनिक आफ्नो भाषा र संस्कृतिअनुसार मौलिक नाचगान आयोजना हुँदै आएको छ । नयाँ पुस्तालाई उराव समुदायको परम्परागत भेषभूषा र भाषा, संस्कृतिप्रति जानकारी दिन समुदायका अगुवा लागि परेको बताइएको छ।
केन्द्रीय अध्यक्ष सूर्यदेव दास उरावले नेपाली कांग्रेसले पार्टीभित्र उराव जातिका लागि स्थान दिएको बताउदै उराव जातिको उत्थान र संरक्षणका लागि राज्यले पनि ध्यान पुर्याउनु पर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, मोहन बस्नेत, मिन विश्वकर्मा, राजीव कोइराला, राजीव ढुंगानालगायतले राज्यले उरावको उत्थानका लागि कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






