काठमाडौं । दुई पांग्रे तथा तीन पांग्रे सवारी साधन क्षेत्रमा विश्वकै अग्रणी अटोमोबाइल निर्माता TVS Motor Company (TVSM) ले आज नेपालमा TVS Apache RTR 160 2V Fi र TVS Raider iGo उद्घाटन गरेको छ। यी दुवै नयाँ मोडलहरूले अत्याधुनिक प्रविधि, नवीन डिजाइन तथा उत्कृष्ट सवारी अनुभव प्रदान गर्दै नेपालमा कम्पनीको विविध उत्पादन श्रृंखलालाई थप मजबुत र व्यापक बनाउनेछन्।
प्रसिद्ध Apache Series को भाग, TVS Apache RTR 160 2V Fi बलियो रेसिङ्ग परम्परासहित डिजाइन गरिएको छ, जसले रोचक र रोमाञ्चक सवारी अनुभव दिने लक्ष्य राख्छ। यो मोटरसाइकलले गति, प्रदर्शन र सुरक्षाको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ। यसमा डुअल डिस्क ब्रेक, सिंगल–च्यानलABS, कनेक्टेड डिजिटल क्लस्टर, AHO LED हेडलाइट र तीन राइड मोड (Urban, Sport, Rain) जस्ता सुविधाहरू समावेश छन्। रोमाञ्च खोज्ने र दैनिक जीवनका आवश्यकतासमेत पूरा गर्ने मोटरसाइकल प्रेमीहरू यसका प्रमुख लक्षित ग्राहक हुन्। विश्वव्यापी रूपमा,TVS Apache ६५ लाख भन्दा बढी ग्राहकहरूको पहिलो रोजाइ बनेको छ।
नेपालका युवा तथा प्रविधि–प्रेमी राइडरहरूलाई लक्षित गर्दै TVS Raider iGo प्रस्तुत गरिएको छ।लोकप्रिय घरेलु संस्करणकै प्लेटफर्ममा आधारित यो मोटरसाइकलमा TFT डिजिटल क्लस्टर, AHO LED स्टार्ट–स्टप प्रविधि, स्पोर्टी स्प्लिट सिट, दमदार स्टाइलिङ र गतिशील सवारी गुणस्तर जस्ता विशेषताहरू समावेश छन्।यसले कम्यूटर सेग्मेन्टलाई नयाँ परिभाषा दिँदै, Gen Z राइडरहरूका लागि सहजता, प्रदर्शन र स्मार्ट सुविधासहितको उत्कृष्ट विकल्प प्रस्तुत गर्दछ।
TVS Apache RTR 160 2V Fi तीन रङमा उपलब्ध हुनेछ –Matte Blue, Racing Red र Black।।त्यस्तै, च्बष्मभच ष्न्य दुई रङमा उपलब्ध हुनेछ – Nardo Grey र Wicked Black।
“शुभारम्भको अवसरमा, टिभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसायका वरिष्ठ उपाध्यक्ष श्री राहुल नायकले भने: “नेपालका ग्राहकहरूले शैली, प्रविधि र प्रदर्शनलाई उच्च मूल्य दिन्छन्। आज हामीले सार्वजनिक गरेका दुवै मोडल – TVS Raider iGo र TVS Apache RTR 160 2V Fi – अत्याधुनिक सुविधा, कनेक्टेड प्रविधि तथा अद्वितीय सवारी अनुभवसहित प्रस्तुत भएका छन्।मजबुत बिक्री तथा सेवा सञ्जालको साथमा, यी नयाँ मोटरसाइकलहरू आफ्ना–आफ्ना सेग्मेन्टमा छिट्टै नै ग्राहकहरूको पहिलो रोजाइ बन्ने हाम्रो पूर्ण विश्वास छ।”
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक श्री साहिल अग्रवाल र निर्देशक श्री अखिल गुप्ताले भने: “नेपालमाTVS Motor लेTVS Apache RTR 160 2V Fi र TVS Raider iGo को साथ नयाँ र उत्साहजनक अध्याय सुरु गरेको छ। यी मोटरसाइकलहरूले बजारमा उत्कृष्ट प्रदर्शन र डिजाइन प्रदान गर्नुका साथै हाम्रा युवा राइडरहरूको बदलिँदो लक्ष्यलाई पनि प्रतिबिम्बित गर्छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पोर्चुगलमा विशेष कार्यक्रमका साथ २५७० औँ बुद्धजयन्ती मनाइँदै
- आज यी स्थानमा वर्षा हुरीको सम्भावनाः मौसम विभागले गर्यो सचेत रहन आग्रह
- सरकारले ल्याउने ६ अध्यादेश स्वार्थ समूहका लागि नभई नागरिकका लागि होः असीम साह
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने


ट्रेन्डिङ
खबरमुकाम







