काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल (MBAN) ले आफ्नो १६औं वार्षिक साधारण सभा मिति २०८२ आश्विन ३ गते सम्पन्न भएको छ ।पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा स्थानान्तरण गरिएको थियो ।
यहि असोज २ गते काठमाडौंको Aloft होटलमा सफलतापूर्वक सम्पन्न भएको सभामा MBAN का सबै मर्चेन्ट बैंकिङ्ग संस्थाहरुका प्रतिनिधि र सदस्यहरुको उपस्थिति थियो । सभाले आर्थिक वर्ष २०८१/८२ को MBAN का गतिविधि र उपलब्धिहरुको समीक्षा गर्नुका साथै २०८२/८३ को वार्षिक कार्यक्रम र बजेटलाई अनुमोदन समेत गरेको छ ।
MBAN ले नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायमा व्यावसायिकता र दिगो वृद्धिलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता जनाएको छ ।नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा वर्तमान मुद्दा, चुनौतीहरू र भविष्यका रणनीतिक योजनाहरूबारे छलफल भएको थियो । सभाले एसोशिएसनको नाम तथा अन्य थप आवश्यक संशोधन गरेको छ । साथै कार्यक्रममा पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई सुदृढ गर्ने नीतिगत विषयहरूमा पनि छलफल गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

ट्रेन्डिङ
खबरमुकाम







