सुलीकोट । नेपालको ऐतिहासिक शक्तिपिठ गोरखा दरबारमा रहेको गोरखाकाली र गोरखानाथमा जमरा राखिएको छ । सोमबार बिहान ९ः१३ मिनेटको साइतमा विधिपूर्वक जमरा राखी घटस्थापना गर्ने काम सम्पन्न गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिुए।
उनका अनुसार दसैँघरको पूजाकोठाको गर्भगृहमा ६ माना जौ, जमरा कोठामा १ पाथी जौ, गोरखनाथ बाबाको गुफामा ४ माना जौ, उपल्लोकोट कालीमा १ माना र तल्लोकोटकालीमा १ माना र अन्य विविध ठाउँमा गरी ३ पाथी जतिको जौको जमरा राखिएको छ ।घटस्थापना सुरुभएदेखि यस वर्षको दसैँको पूजाआजा पनि विधिवत् रुपमा सुरु भएको भएको छ, गोरखकाली मन्दिरका मुख्य पुजारी शारदाप्रसाद भट्टराईले भन्नुभयो, “जमरा राख्नुपूर्व अघि कागे अष्टमीका दिन मालश्री धुन परिवर्तन भएपछि माटो हेराउने काम गरिन्छ ।”
पुरेतले माटो हेराउने काम सम्पन्न भएपछि खनखबास थरका कन्याले शुभसाइतमा उपल्लोकोटबाट माटो ल्याएर लिपपोत गरिएको थियो । त्यही माटोमा जमरा राखिएको मुख्यपुजारी भट्टराईको भनाइ छ ।
अहिलेसम्म चल्दै आएको परम्परा अनुसार बिहान ब्रह्ममुहूर्त ५ः३४ मिनेटको शुभसाइतमा काली भगवतीलाई कैलाश भवनबाट दसैँ घरमा सवारी गराइएको छ । विजयदशमीको पूजा विसर्जनपछि दुर्गाभगवतीलाई पूजा कोठा अर्थात् राजगद्दी कोठा नजिकैको राजकन्या कोठामा सवारी गराइन्छ ।
साथै पूर्णिमाको दिन बिहान ब्रह्ममुहूर्तमा राजकन्या कोठाबाट कैलाश कोठामा फिर्ती सवारी गराइन्छ । फिर्ती सवारी गराएपछि ६ महिना पुगेपछि चैते दसैँमा मात्रै गर्भगृह अथवा पूजा कोठामा दुर्गाभगवतीलाई पुनः सवारी गराइने मुख्य पुजारी भट्टराईले बताए। नवरात्रको पहिलो दिन शैलपुत्री भगवतीको पूजा गरिएको छ । आजबाट ९ रात्रीभरि साङ्गोपाङ्ग दुर्गा सप्तशती चण्डीपाठ पढेर शुक्ल यजुर्वेद ४ जना ब्राह्मणद्वारा पाठ पढिनुका साथै ११ जना कानफट्टा बाबाबाट गोरक्षा सहस्रनाम पाठ पढ्ने चलन छ ।
अब नियमित रुपमा नवरात्रको पूजा आराधना सुरु हुनेछ । पछिल्लो समय सरकारले दरबारमा आउने बजेट कटौती गरेसँगै सरकारी बलि घटेको छ, उनले भने, “जसमा १६ वटा राँगा, ३६ वटा बोका, १० वटा भेडा, ८ वटा कुखुरा, ५ वटा सुँगुर गरी ८४ वटा बलि दिने कार्यक्रम छ ।” त्यसैगरी प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा पनि सोही साइतमा विधिपूर्वक जमरा राखिएको छ ।
गुणबहादुर रोका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







