काठमाडौँ : विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले नेपालको उपभोक्तालाई लक्षित गर्दै निकै आकर्षक दसैँ स्किम घोषणा गरेको छ । यस योजनामार्फत ग्राहकले ५० लाख रुपैयाँसम्मको आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । सेप्टेम्बर २१ (असोज ५) देखि सुरु भएको यो क्याम्पेन अन्तर्गत दैनिक र साप्ताहिक ‘लक्की ड्र’ मार्फत प्रिमियम शाओमी उत्पादनहरू उपहारस्वरूप पाउने व्यवस्था गरिएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यस अवसरमा भने,
“दसैँ नेपाली परिवारका लागि खुसी, एकता र नयाँ सुरुवातको पर्व हो । यो ‘ग्राण्ड दसैँ स्किम’ मार्फत हामी हाम्रो उपभोक्ताको खुसीलाई अझ स्मरणीय बनाउन चाहन्छौँ, जहाँ उनीहरूले उपहार जित्ने रोमाञ्चक अवसरसँगै परिवारसँगको क्षणलाई दीर्घकालीन सम्झनामा परिणत गर्न सकून् ।”
ग्राहकहरूले कुनै पनि शाओमी मोबाइल खरिद गर्दा तलका तीन श्रेणीका उपहार जित्ने अवसर पाउनेछन् –
साप्ताहिक बम्पर लक्की ड्रः शाओमी १५ अल्ट्रा (प्रत्येक सातामा १ विजेता)
साप्ताहिक लक्की ड्रः शाओमी प्याड ७ (प्रत्येक सातामा १ विजेता)
दैनिक लक्की ड्रः रेडमी प्याड २ (प्रत्येक दिन १ विजेता), रेडमी बड्स ५ए (प्रत्येक दिन ३० विजेता), रेडमी वाच ५ एक्टिभ (प्रत्येक दिन १० विजेता)
यस योजनामा सहभागी हुन ग्राहकहरूले कुनै पनि शाओमी मोबाइल अधिकृत बिक्रेता तथा जुनसुकै मोबाइल बिक्रेताबाट खरिर्द गर्न सकिनेछ । खरिदपश्चात् प्रदान गरिएको युनिक क्युआर (QR) कोड स्क्यान गरी आफ्नो डिभाइसको IMEI नम्बर प्रमाणीकरण गर्नुपर्छ । त्यसपछि व्यक्तिगत विवरण भरेर ‘स्पिन द व्हील’ गरेर उपहार जित्ने मौका पाउन सकिनेछ ।
यो योजना कार्तिक ५, २०८२ (अक्टोबर २१, २०२५) सम्म देशभरका अधिकृत शाओमी बिक्रेता तथा सबै मोबाइल बिक्रेताहरुमार्फत लागू हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







