काठमाडौं । नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकका लागि नयाँ छुट सुविधा घोषणा गरिएको छ । काठमाडौंको शंखमुलस्थित लिफ प्लस प्रा. लि. सँगको सहकार्यमा बैंकका कर्मचारी र ग्राहकले अब उक्त कम्पनीले उत्पादन र बिक्री गर्ने पर्यावरणमैत्री घरायसी वस्तुहरूमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
लिफ प्लसले सुपारीको पातबाट निर्मित प्राकृतिक र पुनःप्रयोगयोग्य सामग्रीहरू — जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ । यी वस्तुहरू कम्पनीको वेबसाइट https://leafplus.com.np वा WhatsApp नम्बर ९८०१८७०२०८ र ९८०२३४४१७८ मार्फत खरिद गर्न सकिनेछ । खरिद गर्दा नेपाल बैंकको मोबाइल बैंकिङ एपबाट भुक्तानी गरेमा बिल रकममा २० प्रतिशतसम्म छुट लागू हुनेछ ।
उक्त सम्झौतापत्रमा मिति २०८२ साल असोज २७ गते, नेपाल बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा. लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन् ।
नेपाल बैंकका अधिकारीका अनुसार यो सहकार्यले वातावरण संरक्षण, दिगो उपभोग र डिजिटल भुक्तानी प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । उता लिफ प्लसका प्रमुख कार्यकारी अधिकारी बानियाले नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई प्राकृतिक र प्रदूषणरहित वस्तुहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो योजना ल्याइएको बताए ।
यस सम्झौताबाट बैंकका हजारौं ग्राहक र कर्मचारी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति

ट्रेन्डिङ
खबरमुकाम







