
काठमाडौं । नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकका लागि नयाँ छुट सुविधा घोषणा गरिएको छ । काठमाडौंको शंखमुलस्थित लिफ प्लस प्रा. लि. सँगको सहकार्यमा बैंकका कर्मचारी र ग्राहकले अब उक्त कम्पनीले उत्पादन र बिक्री गर्ने पर्यावरणमैत्री घरायसी वस्तुहरूमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
लिफ प्लसले सुपारीको पातबाट निर्मित प्राकृतिक र पुनःप्रयोगयोग्य सामग्रीहरू — जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ । यी वस्तुहरू कम्पनीको वेबसाइट https://leafplus.com.np वा WhatsApp नम्बर ९८०१८७०२०८ र ९८०२३४४१७८ मार्फत खरिद गर्न सकिनेछ । खरिद गर्दा नेपाल बैंकको मोबाइल बैंकिङ एपबाट भुक्तानी गरेमा बिल रकममा २० प्रतिशतसम्म छुट लागू हुनेछ ।
उक्त सम्झौतापत्रमा मिति २०८२ साल असोज २७ गते, नेपाल बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा. लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन् ।
नेपाल बैंकका अधिकारीका अनुसार यो सहकार्यले वातावरण संरक्षण, दिगो उपभोग र डिजिटल भुक्तानी प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । उता लिफ प्लसका प्रमुख कार्यकारी अधिकारी बानियाले नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई प्राकृतिक र प्रदूषणरहित वस्तुहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो योजना ल्याइएको बताए ।
यस सम्झौताबाट बैंकका हजारौं ग्राहक र कर्मचारी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवतरुपमा आरम्भ
- मुन्धुम कहिले र कहाँ निर्माण भएको थियो ?
- कोशी प्रदेशका मौलिक खानपान
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा
- हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा 2G तथा 4G मोबाइल सेवा सञ्चालन
- निर्जीवन बीमाको पोर्टफोलियो अनुसारको दाबीको विद्यमान अवस्था सार्वजनिक
- सांग्रिला डेभलपमेन्ट बैंक एससिटी युनियन पे कार्डमा आवद्ध
- गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको आगमन, पुनः सञ्चालनका लागि तयारी तीव्र