
नेपाल टेलिकमले ग्राहक महानुभावहरुको मागलाई सम्बोधन गर्न जीएसएम पोस्टपेडमा रिक्वेरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ । मिति २०८२ असोज ३१ गतेदेखि लागु हुने गरी जीएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका सम्पूर्ण सजिलो अनलिमिटेड प्याकेजहरुमा प्याकेजको समयावधि समाप्त भएपछि स्वचालित रुपमा पुन: प्याकेज खरिद हुनेगरी Renewal प्याकेजहरु सञ्चालनमा ल्याएको हो।
साबिकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरको रुपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर Pro-Rate को आधारमा रकम काटिने र सोपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वत: सोही प्याकेज Renew हुने व्यवस्था लागु गरिएको छ।
अंग्रेजी महिनाको १५ तारिखमा बिलको हिसाब हुँदा प्याकेजको शुल्क भन्दा उपलब्ध Credit Limit पर्याप्त नभएमा सेवा अवरुद्ध हुन जान्छ र भुक्तानी पश्चात् मात्र सेवा सुचारु हुनेछ। यस्ता प्याकेज खरिद गर्ने ग्राहकले उल्लिखित डाटा र एसएमएसले नपुग भएमा सोका लागि अन्य प्याकेज खरिद गर्न सक्नेछन् ।
ग्राहकले बढी वा कम रिसोर्सेज सहितका अन्य Recurring प्याकेज खरिद गर्न चाहेमा वा साबिकका Normal SMS र Data प्याकेज प्रयोग गर्न खोजेमा सो पनि खरिद गर्न सकिनेछ । एउटा Recurring प्याकेज चलिरहेको अवस्थामा अन्य Recurring प्याकेज खरिद गरेमा उक्त प्याकेज Pending अवस्थामा रहनेछ र Pending प्याकेज लगत्तै आउने अंग्रेजी महिनाको १५ तारिखमा मात्र Active हुनेछ । अन्य Normal प्याकेज लिएको हकमा भने Validity कम रहेको प्याकेजको रिसोर्सेज पहिले प्रयोग हुनेछ । सेवा deactivate गर्न चाहने ग्राहकले GSM Postpaid Offer (Rs. 300) subscribe गरी Recurring सेवा बन्द गर्न सक्नेछन् ।
Recurring Sajilo Unlimited Package सुचारु गर्न *1415*2*4# डायल गरी छनौट गर्नुपर्नेछ । थप जानकारीका लागि नेपाल टेलिकमको नम्बरबाट १४९८ मा कल गर्नुहुन अनुरोध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवतरुपमा आरम्भ
- मुन्धुम कहिले र कहाँ निर्माण भएको थियो ?
- कोशी प्रदेशका मौलिक खानपान
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा
- हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा 2G तथा 4G मोबाइल सेवा सञ्चालन
- निर्जीवन बीमाको पोर्टफोलियो अनुसारको दाबीको विद्यमान अवस्था सार्वजनिक
- सांग्रिला डेभलपमेन्ट बैंक एससिटी युनियन पे कार्डमा आवद्ध
- गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको आगमन, पुनः सञ्चालनका लागि तयारी तीव्र