नेपाल टेलिकमले ग्राहक महानुभावहरुको मागलाई सम्बोधन गर्न जीएसएम पोस्टपेडमा रिक्वेरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ । मिति २०८२ असोज ३१ गतेदेखि लागु हुने गरी जीएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका सम्पूर्ण सजिलो अनलिमिटेड प्याकेजहरुमा प्याकेजको समयावधि समाप्त भएपछि स्वचालित रुपमा पुन: प्याकेज खरिद हुनेगरी Renewal प्याकेजहरु सञ्चालनमा ल्याएको हो।
साबिकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरको रुपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर Pro-Rate को आधारमा रकम काटिने र सोपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वत: सोही प्याकेज Renew हुने व्यवस्था लागु गरिएको छ।
अंग्रेजी महिनाको १५ तारिखमा बिलको हिसाब हुँदा प्याकेजको शुल्क भन्दा उपलब्ध Credit Limit पर्याप्त नभएमा सेवा अवरुद्ध हुन जान्छ र भुक्तानी पश्चात् मात्र सेवा सुचारु हुनेछ। यस्ता प्याकेज खरिद गर्ने ग्राहकले उल्लिखित डाटा र एसएमएसले नपुग भएमा सोका लागि अन्य प्याकेज खरिद गर्न सक्नेछन् ।
ग्राहकले बढी वा कम रिसोर्सेज सहितका अन्य Recurring प्याकेज खरिद गर्न चाहेमा वा साबिकका Normal SMS र Data प्याकेज प्रयोग गर्न खोजेमा सो पनि खरिद गर्न सकिनेछ । एउटा Recurring प्याकेज चलिरहेको अवस्थामा अन्य Recurring प्याकेज खरिद गरेमा उक्त प्याकेज Pending अवस्थामा रहनेछ र Pending प्याकेज लगत्तै आउने अंग्रेजी महिनाको १५ तारिखमा मात्र Active हुनेछ । अन्य Normal प्याकेज लिएको हकमा भने Validity कम रहेको प्याकेजको रिसोर्सेज पहिले प्रयोग हुनेछ । सेवा deactivate गर्न चाहने ग्राहकले GSM Postpaid Offer (Rs. 300) subscribe गरी Recurring सेवा बन्द गर्न सक्नेछन् ।
Recurring Sajilo Unlimited Package सुचारु गर्न *1415*2*4# डायल गरी छनौट गर्नुपर्नेछ । थप जानकारीका लागि नेपाल टेलिकमको नम्बरबाट १४९८ मा कल गर्नुहुन अनुरोध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






