
सांग्रिला डेभलपमेन्ट बैंक एससिटी युनियन पे कार्डमा आवद्ध भएको छ । यससँगै सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर एससिटी युनियन पे कार्ड प्राप्त गर्न सक्नेछन् ।
साथै, यस आवद्धतासँगै ग्राहकलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास यस डेभलपमेन्ट बैंकले लिएको छ ।
दुई दशकदेखि नेपालभर सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससिटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवतरुपमा आरम्भ
- मुन्धुम कहिले र कहाँ निर्माण भएको थियो ?
- कोशी प्रदेशका मौलिक खानपान
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा
- हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा 2G तथा 4G मोबाइल सेवा सञ्चालन
- निर्जीवन बीमाको पोर्टफोलियो अनुसारको दाबीको विद्यमान अवस्था सार्वजनिक
- सांग्रिला डेभलपमेन्ट बैंक एससिटी युनियन पे कार्डमा आवद्ध
- गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको आगमन, पुनः सञ्चालनका लागि तयारी तीव्र