सानिमा बैंक लिमिटेडले २०८२ कार्तिक २ गते आइतबारका दिन २१औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष श्री तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थापक शेयरधनीहरुको तर्फबाट श्री तुक प्रसाद पौडेल, श्री बलराम पराजुली र श्रीमती निशा कुम्पाख २१औं वार्षिक साधारणसभाबाट निर्बिरोध निर्वाचित हुनुभएको छ ।
आर्थिक बर्ष २०८१/८२ मा रु. २.५७ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २६३.५५ अर्ब, कुल निक्षेप रु. २२५.४८ अर्ब तथा खुद कर्जा सापटी रु १८३.४५ अर्ब रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३.०९, ११.२२ र १२.७० प्रतिशतले बृद्धि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






