टिकटकले आज आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ Time and Well-being स्पेस सुरु गरेको घोषणा गरेको छ। यो नयाँ अपडेटले प्रयोगकर्ताहरूलाई सचेत र स्वस्थ डिजिटल बानी बनाउन सहयोग गर्ने धेरै नयाँ सुविधाहरू ल्याएको छ। यस पहलले प्रयोगकर्तालाई सकारात्मक र सन्तुलित अनलाइन अनुभव दिने टिकटकको प्रतिबद्धता झनै स्पष्ट बनाएको छ।
सुरक्षा र कम्युनिटी गाइडलाइन्सलाई प्राथमिकता दिँदै आएको टिकटकले पछिल्लो समय उन्नत Family Pairing फिचर र किशोर–किशोरीको प्रयोग अस्थायी रूपमा रोक्ने क्षमता भएको Time Away फिचर जस्ता धेरै उपयोगी सुविधाहरू थप्दै आएको छ। यस वर्ष, टिकटकले राति आराम गर्न मद्दत होस् भनेर किशोर–किशोरीका लागि Meditation Feature पनि सुरु गर्यो।
अब यी सुविधाहरूको थप विस्तार गर्दै, टिकटकले प्रयोगकर्ताहरूलाई ध्यानको अभ्यास गर्ने, विश्राम लिने र स्वस्थ डिजिटल बानी बनाउने डेडीकेटेड टुल्स सहित नयाँ अनुभवहरू उपलब्ध गराएको छ।
सकारात्मक आनीबानीको विकास
- नेपालभरिका मानिसहरूले टिकटक मार्फत आफ्ना रुचिहरू खोज्छन् र #JournalTok, #NatureTok जस्ता कम्युनिटीसँग जोडिन्छन्। अब नयाँ Time and Well-being फिचरले हाम्रो कम्युनिटीलाई आराम गर्न, मन शान्त पार्न र रिल्याक्स हुन अझ सरल बनाइदिएको छ। यो फिचरले अहिलेको Screen Time Management पेजलाई हटाएर, यसको ठाउँमा धेरै नयाँ उपयोगी विकल्पहरू ल्याउँछ-
-Affirmational Journal – हरेक दिनका लागि आफ्नो मनोभाव वा उद्देश्य सेट गर्न सकिने, जहाँ १२० भन्दा बढी बााष्चmबतष्यल कार्डहरू डाउनलोड गर्न वा अरूसँग शेयर गर्न सकिने सुविधा छ।
- Soothing Sound Generator – वर्षा, समुद्री छाल, र white noise जस्ता मन शान्त बनाउने आवाज सुन्न सकिने। सर्वेक्षण अनुसार, टिकटक प्रयोगकर्ताहरू प्रयोग नगर्नेहरू भन्दा १४५ ले बढी निद्रा वा आराम पाउनका लागि संगीत सुन्छन्।
- Breathing Exercises – विभिन्न प्रकारका ध्यान र सासप्रश्वास अभ्यासहरू, जसले तनाव घटाउन र मन स्थिर राख्न सहयोग गर्छ।
टिकटकको बारेमा
टिकटक छोटो मोबाइल भिडियोको प्रमुख विश्वव्यापी प्लेटफर्म हो। यसको उद्देश्य सृजनशीलतालाई प्रेरित गर्नु र खुशी बाँड्नु हो।
टिकटकको ग्लोबल मुख्यालय लस एन्जेलस र सिंगापुरमा छ, र न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा यसका कार्यालयहरू छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







