लामो तयारीपछि, सेप्टेम्बर ६ मा चाइना डोंगफेंग मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनी (DFMIEC) ले पेरुको राजधानी लिमाको सान्टिएगो डे सुर्को क्षेत्रमा आफ्नो पेरु अफिसको उद्घाटन समारोह सम्पन्न गर्यो। उद्घाटनमा कम्पनी र यसको डोंगफेंग अटोमोटिभ इन्टरनेसनल बिजनेस डिभिजनका डेपुटी जनरल म्यानेजर याङ ताओ, कम्पनीकै कमर्शियल भेहिकल ओभरसिज मार्केटिंग डिपार्टमेन्टका जनरल म्यानेजर लिउ सुएमिङ, तथा पेरुका विभिन्न व्यावसायिक र प्यासेन्जर भेइकल पार्टनरहरू उपस्थित थिए।
यसअघि, पेरु रिजनल मार्केटिङ सेन्टरको टिमले बजारको विस्तृत अध्ययन, ग्राहकको आवश्यकताबारे अन्तर्वार्ता, बजारका विभिन्न वर्गहरूको विश्लेषण र बजार विकासका लागि रणनीति तयार पारेको थियो। उच्चस्तरीय चिनियाँ कमर्शियल भेइकलहरूको प्रतिनिधित्व गर्ने हाइ-एण्ड GX ट्र्याक्टर, KC डम्प ट्रक र KR कार्गो ट्रक, पहिले नै पेरुको मुख्य व्यावसायिक भेइकल माग पूरा गर्न भित्र्याइएका छन्। DFMIEC आधिकारिक रूपमा पेरुमा दर्ता भइसकेको छ र यसले स्थानीय टिम विस्तार गरिरहेको छ। अफिसको स्थापना डोंगफेंगको दक्षिण अमेरिकी बजारप्रति थप प्रतिवद्धता हो। अब ओभरसिज मार्केटिङ टिमले पेरुलाई केन्द्र बनाएर छिमेकी दक्षिण अमेरिकी देशहरूमा छिटो सेवा, छिटो रेस्पोन्स र ग्राहकलाई थप भ्यालु सिर्जना गर्न सहयोग गर्नेछ जसले गर्दा ग्राहक, पार्टनर र डोंगफेंग सबैका लागि लाभ हुनेछ। साथै, कम्पनीले लोकल ब्रान्ड प्रमोशन गर्न, ब्राण्ड पहिचान बढाउन र मार्केटिंग गर्नका लागि प्रभावकारी सहयोग गर्नेछ। यो कदम डोंगफेंगको दक्षिण अमेरिकी विकास यात्रामा एक महत्वपूर्ण माइलस्टोन मानिने छ।
“DFMIEC को पेरु अफिस स्थापनाले डोंगफेंगको पेरुभियन बजारप्रतिको प्रतिवद्धता देखिन्छ। हामी डोंगफेंगलाई यहाँको बजारमा अग्रणी बनाउन पूरा प्रयास गर्नेछौँ,” पेरुका कमर्शियल भेइकल पार्टनर जपाटाले भने।
अर्का कमर्शियल भेहिकल पार्टनर एडिलबेर्तोले थपे, “अब पेरुका ग्राहकहरूले चिनियाँ ब्रान्डको वास्तविक क्षमता नजिकबाट अनुभव गर्न सक्नेछन्, जसले ब्रान्डप्रतिको विश्वास अझ बढाउनेछ।”
उद्घाटनपछि, याङ ताओ, लिउ सुएमिङ र पेरु मार्केटिङ सेन्टर टिमले स्थानीय पार्टनरसँग पेरुमा डोंगफेंगको भविष्य योजनाबारे विस्तृत छलफल गरे। याङ ताओले भने, “डोंगफेंगले पेरु बजारमा दीर्घकालीन रणनीति अपनाउनेछ, आफ्नो उपस्थितिलाई अझ गहिरो बनाउनेछ, र लोकल अपरेसनलाई मजबुत बनाएर एक–दुई वर्षभित्र पेरु बजारलाई दक्षिण अमेरिकी बेन्चमार्क मार्केट बनाउने लक्ष्य राख्नेछ। पेरु अफिसलाई क्षेत्रीय मुख्यालयका रूपमा विकसित गरिनेछ, जहाँबाट लोकल साझेदारहरूको सहायता मार्फत् मार्केटिङ च्यानल, स्पेयर पार्ट्स, तालिम र सेवा क्षमताहरू अझ मजबुत बनाइनेछ।”
दिउँसो, याङ ताओ र पेरु मार्केटिङ टिमले स्थानीय पार्टनरसँग मिलेर चाइना मिनमेटल्स कर्पोरेसनको पेरु सहायक कम्पनी लास बम्बासको भ्रमण गरे। दुवै पक्षले स्थानीय यातायात उपकरण आवश्यकताहरू, नयाँ ऊर्जा ट्रेण्डहरू, स्थानीय फ्लीट र समुदाय समर्थन परियोजनाबारे विस्तृत छलफल गरे, र साझा विकासका लागि प्रारम्भिक सहमति पनि जुटाए।
साथै, यांग ताओ र टिमले पेरुका डिलर सान बार्तोलोमको लिमामा रहेको नयाँ डोंगफेंग कमर्शियल भेइकल फ्ल्यागशिप स्टोरको उद्घाटन समारोहमा पनि भाग लियो। साथै, उनीहरूले युरो मोटर ग्रुपका डेपुटी जनरल म्यानेजर पान्चोसँग वार्षिक लक्ष्य, आफ्टर सेल्स सर्भिस, स्पेयर पार्ट्स, डिलर तालिम र वित्तीय सहयोगबारे चर्चा गरे। सान बार्तोलोमका जनरल म्यानेजर जपाटाले भने, “पेरुमा चिनियाँ ब्रान्डको विकास स्पष्ट रूपमा देख्न सकिन्छ। हालका वर्षहरूमा डोंगफेंगका कमर्शियल भेइकलहरूको गुणस्तर निरन्तर सुधार भइरहेको छ, र स्थानीय समर्थन पनि धेरै बलियो बनेको छ। अब सान बार्तोलोमले डोंगफेंगको कमर्शियल टिमसँग मिलेर पेरुमा ग्राहकलाई सुरक्षित, भरपर्दो र समयमै समाधानहरू उपलब्ध गराउने छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






