गुरुङ (तमु) समुदायको महान् पर्व ल्होछारको अवसरमा पोखरामा ३ दिने ‘तमु ल्होछार महोत्सव २०८२’ हुने भएको छ । आयोजक तमु धीं नेपालले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी पुस १४, १५ र १६ गते पोखरा १ बगरस्थित पुरानो टुँडिखेलमा महोत्सव हुन लागेको जानकारी दिएको हो ।
यसवर्ष सप्री ल्हो (सर्प वर्ग) को बिदाई र त ल्हो (घोडा वर्ग) को आगमन हुँदैछ । तमुहरुले पुस १५ गते ल्होछारलाई धुमधामकासाथ गाउँघरमा मनाउने चलनलाई निरन्तरता दिदैं आएका छन् । पोखरामा यसवर्ष देखि अाज पुस १४, १५ र १६ गते विभिन्न कार्यक्रमका साथ टुँडिखेलमा महोत्सवको रुपमा मनाउन लागेको तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले जानकारी दिए । गुरुङका अनुसार महोत्सवका कार्यक्रमहरुले राष्ट्रियता सुधार, सद्भाव, र एकतालाई बलियो बनाउने, पर्यटनको प्रवर्धन हुने र व्यावसायीक क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवका आकर्षणहरुमा भलिबल प्रतियोगिता, खुल्ला छेलो प्रतियोगिता र मौलिक सांस्कृतिक प्रस्तुति रहेका छन् । यस्तै झाँकि प्रतियोगिता, गुरुङ भेषभुषा प्रतियोगिता, सामुहिक खुल्ला लोकनृत्य प्रतियोगिता हुने भएका छन्।
झाँकि प्रतियोगितामा प्रथम हुनेले रुपैयाँ ६० हजार, भेषभुषामा प्रथम हुनेले रुपैयाँ ५ हजार, लोक नृत्यमा प्रथम हुनेले रुपैयाँ ७५ हजार, छेलोमा प्रथम हुनेले रुपैयाँ ४० हजार र भलिवलमा प्रथम हुने टीमले रुपैयाँ १ लाख ५० हजार, दोश्रोले ८० हजार, दुईटिमले जनही पच्चिस हजारसहित पुरस्कार पाउनेछन् ।
महोत्सवको पहिलो दिन अाज पुस १४ गते बिहान साढे ११ बजे पोखराको नदिपुर प्रहरी चौकी अगाडिबाट झाँकी र्याली सुरु भई महोत्सव स्थल टुँडिखेलमा पुगेर उद्घाटन समारोहमा सहभागी भएकाे हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






